• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वको जिल्ला अस्पताल पचास शैयाको बन्ने




रुकुमपूर्व मा ५० शैयाको जिल्ला अस्पताल बन्ने भएपछि नागरिकहरु खुसी भएका छन् । जिल्लामा स्वास्थ्य चौकीको भवनबाट जिल्ला अस्पतालको सेवा प्रवाह भइरहेको छ । १५ शैयाको भनिएपनि १५ वटा बेडसमेत नअटाउने उक्त अस्पताललाई प्रदेश मन्त्रिपरिषद बैठकले ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेपछि जिल्लाबासी खुसी भएका छन् ।

प्रदेश सरकारको यो निर्णयसँगै अब जिल्लामा अस्पतालको लागि आवश्यक जग्गा र भौतीक संरचनाहरु थप गर्नुपर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण घर्तीमगरले बताउनुभयो ।

अस्पताल स्तारोन्नतीसँगै प्रदेश सरकारले कर्मचारीको दरबन्दि पनि थप गरेको छ । रुकुमपूर्व सँगै ५० शैयामा स्तारोन्नती हुन लागेका रोल्पा, कपिलबस्तु, अर्घाखाची, पाल्पा, भिम अस्पताल भैरहवामा कर्मचारीको दरबन्दि थप गर्ने निर्णय गरेको प्रदेशसभाका सदस्य तेजबहादुर ओलीले जानकारी दिनुभयो ।

यी मध्ये भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको दरबन्दि रहेको छ भने रुकुम –पूर्व सहित रोल्पा, अर्घाखाची र पाल्पामा ६१ जनाको दरबन्दि स्विकृत गर्ने निर्णय गरिएको प्रदेशसभा सदस्य ओलीले बताउनुभयो । यती मात्र नभएर प्रदेश सरकारले जिल्लाको सिस्ने गाउँपालिकामा शव बहान निर्माणको लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।।

Facebook Comments