• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा विद्यालय सञ्चालनको तयारीः पुथामा पूरै र सिस्नेका केही वडामा विद्यालय खुल्दै




मदन बिसी

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिकामा आगामी असोज १ गतेबाट सामुदायिक विद्यालयहरु खुल्ने भएका छन । विश्वभरी महाकारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिका कारण विगत ५ महिना देखि बन्द रहेका गाउँपालिका भित्रका झण्डै ५४ वटा सामुदायिक विद्यालयहरु असोज १ गतेबाट खुल्ने भएका हुन ।

लामो समय देखि विद्यालय बन्द रहि विद्यार्थीहरुमा पढाई प्रति पर्न गएको नकरात्मक प्रभावको अवस्थालाई मध्यनजर गर्दै गाउँकार्यपालिकाको बैठकले विद्यालय खोल्ने निर्णय गरेको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहिले बताउनुभयो । भौगोलिक दृष्टिकोनले निकै दुर्गम मानिएको पुथामा बैकल्पिक शिक्षाको कुनै सम्भावना छैन उपाध्यक्ष शाहिले भन्नुभयो यहाँ कोरोनाको पनि खास्सै जोखिम छैन, त्यसैले हामि विद्यालय खोल्ने अन्तिम निर्णयमा पुगेका छौ ।

कोरोनाका कारण यस वर्षको शैक्षिक सत्र खेर जान नदिन विद्यालय खोल्नुको विक्लप नभएको उहाँको भनाई छ । कोरोनाको कहरबाट शिक्षक विद्यार्थीलाई सुरक्षित राख्न सुरक्षा सतर्कता अपनाउँदै विद्यालय खोल्ने निर्णयमा गाउँपालिका पुगेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बुढाथोकीले बताउनु भएको छ । यसैगरी यता सिस्ने गाउँपालिकाकाले पनि १ र दुई नम्बर वडामा रहेका सामुदायिक विद्यालयहरुमा असोज ६ गतेबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

एक र दुई नम्बर वडामा स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै पठनपाठन सुरु गरिने गाउँपालिकाका प्रवक्ता एवम २ नम्बर वडाका वडा अध्यक्ष जिवन केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अन्य वडाहरुमा कोरोनाकाको अवस्था हेरी अघि बढने भएको छ । गाउँपालिकाको १ र दुई नम्बर वडामा विद्यालय खुल्ला गरिए पनि हाल सञ्चालन गरिरहेको रेडियो शिक्षा कार्यक्रमलाई अर्काे व्यवस्था नभएसम्मको लागि जारी राखिने सिस्ने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments