• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय बालदिवसमा निबन्ध लेखन प्रतियोगिता




गंगादेव गाउपालिकाले निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाएको छ ।

गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षता,महिला बालबालिका शाखा प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्य र प्रेस सयोजक अशोक वलीको सन्चालनमा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष रिता घर्ती,निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिक राम बस्नेत , शिक्षा शाखा प्रमुख शेर बहादुर डागी, बिषय गत शाखाका प्रमुख ,गाउपालिकामा कार्यरत कर्मचारी ,विद्यालयका शिक्षक ,सहभागी विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।

कोभिड १९ ले विद्यालय शिक्षामा पारेको प्रभाव भन्ने शिर्षकमा गाउपालिकाका १० वटा मा.बि मध्य ६ वटा माबिले सहभागी जनाएका थिए । जसमा जीवनज्योति माबिका दिपक केसि प्रथम, सरस्वती मा.बि बल्लेका सुजाता राना दोस्रो, बुद्धि बिकास मा.बि रातामाटाका इन्द्रबहादुर खत्री तेस्रो र रास्टृय मा.बि मेलडारीका नवीन डागीले सान्तोना स्थान हासिल गरेका छ्न । स्थान हासिल गर्नेलाई नगत पुरस्कार क्रमश रु ४०००,३०००,२०००,१००० कर कट्टी गरेर प्रदान गरिएको छ भने सहभागीलाई डायरी पेन बितरण गरिएको छ ।

कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले कार्यक्रममा सहभागी जनाउने विद्यालय र विद्यार्थीलाईबधाई एवम् धन्यवाद व्यक्त गर्नु भएको छ । उहाले बालबालिकालाई अध्ययनशिल बन्ने बाताबरण निर्माणको लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भएको गंगादेव गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।

Facebook Comments