• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बजारीकरणको समस्याले संकटमा पर्दै डोको बुन्ने पेशा




डिल्लीराज विश्वकर्मा

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० का दरिवान खड्का अहिले ७१ वर्षको हुनुभयो । २५ वर्षको उमेर देखी डोको बुनेरै जीविको पार्जन गर्दै आउनु भएका खड्का अहिले बुढेसकालमा पनि डोको बुन्दै हुनुहुन्छ ।

जीवनका अनेकौँ घामपानी भोगेका खड्काले अहिले डाँडामाथिको घाम जस्तै हुँदा पनि सुख पाउनु भएको छैन । छोराछोरी पढ्दैछन परिवारमा कसैको रोजागारी छैन । घरमा चुलो बाल्न काम नगरी नहुने बाध्यता छ । कयौँ महिना फेरिए साल फेरि तर विगत ४६ वर्षदेखी निगालाका सामाग्रीहरु बुनेर परिवार पाल्दै आएका खड्काको जीवन अझै फेरिन सकेको छैन । यत्रो वर्ष सम्म अंगालेको पेशाबाट उहाँको दैनिक गुजारा चलाउन समेत धौधो पर्ने गरेको छ ।

घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोराबुहारीको कमाइ खाने बेलामा डोकाको भारी बोकेर ठाउँ ठाउँमा पुग्नु पर्ने उहाँको रहर नभई बाध्यता हो । केही महिना अघी सम्म एउटा डोको २५० देखी ३५० रुपैँयामा विक्रि हुन्थ्यो तर अहिले त्यही मूल्य पाउन पनि मुस्कील भएको छ । डोकाको भारी बोकेर दुई तिन दिन सम्म डुल्दा पनि विक्रि नभएपछी सस्तो मुल्यमा बेच्नु पर्ने उहाँले बताउनुभयो ।
दरिवान जस्तै त्रिवेणी गाउँपालिका १० का दर्जन बढी स्थानियहरुको पेशा नै यही हो । सोही ठाउँकी कमला ओली पनि श्रीमानले बुनेका डोकाहरु विक्रि गर्ने कहिले सोलाबाङ, कहिले खलंगा त कहिले अन्य विभिन्न ठाउँ सम्म पूग्नु हुन्छ । यही पेशा अंगालेकाहरुको दैनिकी यसरीनै चलिरहेको छ ।

निगालोबाट बुनेका सामाग्रीहरुले बजार नपाउँदा भने वर्षाैँदेखीको पेशा संकटमा पर्ने चिन्ता बढेको छ । सामाग्री निर्माण गर्न सजिलो भएपनि बजार पाउन मुस्की भएका बेला यसको बजारी करणका लागी केही पहल भैरहेको वडा नम्बर १० का वडा अध्यक्ष सेर बहाुदर केसीले बताउनुभयो । वडाका उक दर्जन बढीले निगालोबाट निर्माण हुने सामाग्री बाट जिविको पार्जन गर्दै आएका छन तर बजारको समस्या भएको छ यस्तो समस्या समाधानका लागी उद्योगको रुपमा स्थापना गर्ने योजना बनाएको उहाँको भनाई छ ।

बढ्दो आधुनिकता सँगै परम्परागत रुपमा रहेको निगालोका सामग्रीहरु लोप हुने अवस्थामा पुगेका छन । निगालाबाट बन्ने विभिन्न सामग्रीहरुको वैकल्पिक रुपमा टिन तथा प्लाष्टिकका सामाग्रीहरु प्रयोग गर्नेहरु बढेपछी उनिहरुको पेशा नै संकटमा पर्ने देखिएको छ ।
(यसमा प्रयोग गरिएको तस्विर समाचारसँग सम्बन्धित छैन, यो रुकुमपूर्वको फाइल फोटो हो, हामीले सिस्ने अनलाइनकै पुरानो संस्करणबाट लिएका हौं)

Facebook Comments