• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाल दिवसको औचित्य




श्रवण नेपाली
बालबालिकाको आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने आवाज उठ्ने दिन । मुलुकी देवानी संहिता ऐन २०७४ अनुसार १८ वर्षमुनिका कलिला मनहरुलाई बालबालिका भनेर परिभाषित गरेको छ । यो १८ वर्षभन्दा मुनिको जनसङ्ख्याले नेपालको ४० प्रतिशतभन्दा बढी जनसंख्या को भाग लिएको छ ।

यस अर्थमा नेपालको भविष्य कोर्ने नेपालको भविष्य निर्माणमा यहि जनशक्ति र यहि उमेर समूह हुन्। हाम्रो मुलुकमा बालबालिकाको अधिकारको बारेमा कुरा गरिरहदा अझै पनि शिक्षाको पहुँचमा पुगेका छैनन् कति बालबालिकाहरु बालश्रममा लगाइरहेका छन् कति बालबालिकाहरु सामाजिक अपराधका पीडित पीडक बन्न पुगेका छन। बालदिवसको वास्तविक अर्थ बालबालिकाको अधिकार संरक्षण गर्नु र उनलाई अधि कुरा शिक्षाको मात्र होइन हाम्रो राज्यमा कार सम्पन्न गराउनु हो । आज हाम्रो संविधानले बालबालिकाको अधिकारहरुलाई मौलिक हकको रुपम व्याख्या गरेको पाइन्छ ।

पढ्न पाउने अधिकार,खान पाउने अधिकार, सुरक्षित साथ बाँच्न पाउने अधिकार जस्ता अधिकारलाई राज्यले हेरिरहेको छ। राज्यको उपल्लो तहहरुमा पनि बालबालिकाको अधिकार संरक्षणका लागि संवैधानिक अंगहरू को व्यवस्था गरिएको छ। विभिन्न समयहरुमा बालबालिकाहरूको अधिकारको बहस पनि चल्ने गरेको छ तर सोचेजस्तो प्रतिफल पाउन सकेको छैन । अझ पनि धेरै बालबालिकाहरु आधारभूत तह कै शिक्षाबाट वञ्चित हुनुपरेको दुस्खद कुराहरु अझै पनि सुन्न पाइन्छ । अहिले कोभिड (१९ को कारण विद्यालयहरु प्रायः बन्द छन् ।

बालबालिकाहरू विद्यालय जान सकेका छैनन्। यो समयमा कति बालबालिकाहरुले भर्चुअल क्लास लिए कतिले सकेनन्। पारिवारिक समस्याका कारण पनि यस्तो समस्या देखिन परेको हुनसक्छ । भन्नुको अर्थ सबै बालबालिकाहरुको अझै पनि शिक्षाको पहुँचमा पुगेको देख्न पाइँदैन। कति बालबालिकाहरुको बालश्रममा लगाइएका छन् कति बालबालिकाहरुको सामाजिक अपराधका पीडित बन्न पुगेका छन्।

कुरा शिक्षाको मात्र होइन हाम्रो राज्यमा सबै तहमा हेर्ने हो भने बालबालिकाहरु स्वास्थ्यमा, खान(लाउन मा सुरक्षित भएर बाँच्न पाउनुपर्ने अधिकारमा, न्यायिक हकमा मानव अधिकारमा समेत पछि पारिएको छ। निर्मलाहरूको जस्तो घटना मुलुकका कुना कन्दराहरुमा दैनिकजसो घट्ने गर्छ तर सरकार यस्ता विषयहरुमा उदासीन छ सम्बन्धित निकाय यस्ता विषयहरुमा उदासीन छन्। हाम्रा सरोकारवाला व्यक्तिहरू बालमैत्री स्थानीय शासन को नारा पुग्दै हिँड्न थालेको पनि धेरै समय हुन थालिसकेको तर उपलब्धि शून्य छ। घरमा अभिभावकहरूको हेलचेक्राईका कारण अभिभावकहरूको व्यवहारका कारण आज घरघरमा बालबालिकाहरूको अवस्था पनि उदाशिन बन्न पुगेको छ।

बालबालिकाहरुमा संस्कारको कमी आइरहेको छ बालबालिकाहरु आफ्नो मौलिक पन लाई छोडेर पश्चिमाहरू र बिदेशी संस्कृतिमा थालिसकेका छन्। आफ्नो अधिकारको कुरा गरिरहँदा बालबालिकालाई तुक छैन कि अरूको अधिकार मैले हनन गरिरहेको छु कि छैन। त्यसैले अब सबैको अधिकार लाई सम्मान गरेर हामी अघि बढ्न आवश्यक्ता छ। बालदिवसको कुरा हामीले गरिरहँदा अझैपनि मुगुकी सानुमाया ठकुरी र बाराका राहिम खानलाई बाल दिवसको को बारेमा हेक्का छैन ।

यहाँ भौगोलिक जातिपाति लैंगिक साम्प्रदायिक हिसाबले विभेद भइरहेको छ। अब ती सबैप्रकारका विभेदहरुको अन्त्य गरि कन एउटा सबल राष्ट्र निर्माणमा बालबालिकाहरूको अधिकार सम्पन्न गराई बालबालिकाहरुलाई अधिकार सम्पन्न गराई बालबालिकाहरूको व्यक्तित्व विकासमा यदि सरकारले अलिकति पनि समय खर्चने हो भने यो मुलुकलाई हामी विकासको मार्गमा अघि बढाउन सक्छौं। बालदिवस २०७७ सालको अवसरमा सबै सबैलाई शुभकामना व्यक्त गर्दछु।
जय मातृभुमी ।।

Facebook Comments