• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वसभामुख महराको पहलमा अलपत्र पूर्व जनकलाकारको उद्धार




मानसिक सन्तुलन गुमेपछि अलपत्र पारिएकी रोल्पाकी एक पूर्वजनकलाकारको उद्धार गरिएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ५ की ३५ बर्षीया बिटु बिकको नीलसागर सेवा आश्रमले उद्धार गरी नेपालगञ्ज लगेको हो ।

पूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो अभिभावकीय हस्ताक्षरसहितको कागजातसहित बिटुलाई नीलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता नीलसागरलाई हस्तान्तरण गर्नुभएको हो । पूर्वसभामुख महराकै आग्रहमा नीलसागरले बिटुको उद्धार गरेको हो ।

त्रिवेणी गाउँपालिका– ५ जबरबोटकी बिटु सानो बच्चासहित सडकमै सुत्ने गरेको खबर मिडियाबाटसार्वजनिक भएपछि बिटुको उद्धारका लागि पूर्वसभामुख महराले चासो देखाउनुभएको थियो ।
उहाँले नीलसागर सेवा आश्रम दाङका अध्यक्ष प्रकाश बिष्टलाई आग्रह गरेपछि निलसागरले थप चासो देखाउँदै शुक्रवार उद्धार गरेको हो ।

उद्धार गर्न नील सागरका संस्थापक अध्यक्ष सरिता नीलसागर (खनाल), संस्थापक उपाध्यक्ष अमन सुवेदी, दाङ संयोकज प्रकाश बिष्टसहित घोराही आउनुभएको थियो भने रोल्पाबाट त्रिवेणी गाउँपालिकाले आवश्यक कागजात तयार पारेर एम्बुलेन्समार्फत दाङ पठाएको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दीप थापाले गाउँमै पुगेर उद्धार गरी घोराहीसम्म ल्याइदिनुभएको थियो । उहाँसहित परिवारका सदस्यहरुले पूर्वभामुख महराको अभिभावकीय रोहबरमा बिटुलाई आश्रमको जिम्मा लगाएका छन् ।

Facebook Comments