• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य सचेतना फैलाउदै केयर भिजन सुधार गृह, मास्क बोकेर समुदायमा




लमही नगरपालिका वडा नं. ६ देउपुरमा रहेको केयर भिजन सुधार गृहले सामाजिक क्षेत्रमा आफ्नो सकृयता बढाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण अभियानको रुपमा थालेको छ । शुक्रबार वडा प्रहरी कार्यालय लमहीबाट शुरु भएको मास्क, स्यानिटाइजर, पञ्जा वितरण कार्य समुदाय स्तरमा समेत गरिएको सुधार केन्द्र सञ्चालक मध्यका एक गिरीराज ज्ञवालीले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक पुरान मल्ललाई दुई प्याकेज सर्जिकल मास्क, एक प्याकेट पञ्जा र स्यानीटाइजर हस्तान्तरण गरिएको छ । सुधार केन्द्रमा कार्यरत गिरीराज ज्ञवाली, राकेश सुनुवार, गणेश बुढा, टिका बस्नेत, पवन थापा, सन्तोष न्यौपाने सहितको टोली सचेतना अभियानमा खटिएको हो ।

२०७४ सालमा स्थापना भएको सुधार केन्द्रले लागुऔषध दुव्र्येसनमा फसेका युवाहरुलाई सुधार गरेर समाजमा पुर्नस्थापनाको काम गर्दै आएको छ ।

Facebook Comments