• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा पाँच सहकारीमार्फत चामल वितरणको सम्झौता




परिचन्द्र खत्री
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखा रुकुम पश्चिमबाट यो आर्थिक वर्षमा चामल बिक्रि गर्नको लागि जिल्लाका ५ ओटा सहकारीले सम्झौता गरेका छन् ।

घर–दैलोमै सेवा दिने उदे्श्यका साथ कम्पनीले सहकारी मार्फत गाउँमा चामल पु¥याउन थालेपछि जिल्लाका ५ ओटा सहकारीले यो आर्थिक वर्षमा चामल बेच्नको लागि सम्झौता गरेका हुन् । यो वर्ष गाउँमा चामल लिएर विक्रि गर्नका लागि २ ओटा नयाँ सहकारी थपिएका छन् भने ३ ओटा सहकारीले पुनः यो वर्ष पनि चामल वेच्ने सम्झौता गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो आर्थिक वर्षमा बाँफिकोट गाउँपालिकामा रहेका झारमारे कृषि सहकारी संस्था, मेलगैरी कृषि सहकारी संस्था र पालाकोट कृषि सहकारी संस्थाले चामल बेच्ने सम्झौता गरेका छन् । त्यस्तै मुसीकोट नगरपालिकाको संरक्षण बहुउद्देश्यिय सहकारी संस्था र सानीभेरी गाउँपालिकामा रहेको जनप्रवाह कृषि सहकारी संस्थाले पनि कम्पनीबाट चामल लिएर बच्ने सम्झौता गरेको बताईएको छ ।

यसैविच चालु आर्थिक वर्षको पहिलो एक महिनाको अबधिमा ३ सय क्विन्टल चामल सहकारी मार्फत बिक्रि भएको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । ५ ओटा सहकारी मध्य ४ ओटा सहकारीले भने साउनको सुरुमै चामल बिक्रि गर्नको लागि सम्झौता गरेका हुन् । मेलगैरी कृषि सहकारी संस्थाले भने आज सम्झौता गरेको र पहिलो पटक ४० क्विन्टल चामल विक्रि गर्न लागेको सहकारीका अध्यक्ष गोर्कण केसीले जानकारी दिनुभयो । गाउँमा पु¥याएर सदरमुकाकै मुल्यमा चामल बेच्ने सहकारीलाई कम्पनीले सेवा शुल्क दिने गरेको छ ।

कम्पनी मार्फत अरुवा मोटो, अरुवा मध्यम चामल र जापानी चामल बिक्रि गर्ने गरिएको छ । मोटा चामलको मुल्य एक क्विन्टलको ४६ सय, अरुवा मध्यम चामलको मुल्य एक क्विन्टलको ५२ सय र जापानी चामलको मुल्य एक क्विन्टलको ४८ सय कायम गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ देखि सदरमुकामै मुल्यमा सहकारी मार्फत गाउँ गाउँमा चामल बिक्रि सुरु गरेको हो । साथै गत आर्थिक वर्ष २०७६÷७७ मा सहकारी मार्फत १५ सय क्विन्टल चामल बिक्रि भएको थियो ।

Facebook Comments