• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गंगादेवमा विप्लव नेकपानिकट युवा संगठनको भेला




युवा संगठन नेपाल गंगादेब गाउँ कमिति रोल्पाको दोस्रो भेला सम्पन्न भएको छ ।

युवा संगठन नेपाल गंगादेब गाउ कमिटी सदस्य ललित के सी को अध्यक्षतामा भएको कार्यक्रम लाई युवा संगठन नेपाल गंगादेब गाउ कमिति वडा नं ३ का पुर्व अध्यक्ष खिम के सी ले संचालन गरेका थिए, उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका सेक्रेटरी दिनेश बिक्रम चन्दको रहेको थियो भने विशेष अतिथि नेकपा रोल्पाका जनसरकार प्रमुख बिश्व, अतिथिहरु युवा संगठन नेपाल रोल्पा का जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्ज्वल,नेपाल कम्युनिस्ट पार्टी गंगादेब गाउँ कमितिका इन्चार्ज किरण, नेकपा गंगादेब गाउकमिती सेक्रेटरी एवम् युवा संगठन नेपाल रोल्पाका उपाध्यक्ष बिपिन, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य रमेश मल्ल,पुर्व जनमुक्ति सेनाका कमान्डर ताइगर, नेकपा रोल्पाका सल्लाहकार मंगल ,नेकपा रोल्पा जिल्ला सदस्य तिम,अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य प्रेम,अखिल नेपाल शिक्षक संगठनका रोल्पा जिल्ला उपाध्यक्ष गोपाल ,युबा संगठन नेपाल रोल्पाका सचीव असल ,युवा संगठन नेपाल रोल्पाका कोषाध्यक्ष जय,लगाएत हुनुहुन्थ्यो ।

स्वागत मन्तव्य युवा संगठन नेपाल गंगादेब गाउँ कमितिका सदस्य लाल बहादुर मल्ल ले दिनुभएको थियो। प्रमुख अतिथि चन्दले शुभकामना दिदै युवाहरू नै देश परिवर्तन को मुख्य खम्बा भएकाले क्रान्तिलाई निर्णायक तहमा पुर्‍याउनको लागि सबै नौजवान युवाहरू एक हुनुपर्ने बताए । विशेष अतिथि जनसरकार रोल्पाका प्रमुख विश्वले जिल्लामा जनसत्ता द्वारा बिकास निर्माण ,न्याय ,सुसासन दिलाउन महत्वपूर्ण कामहरु बताए ।

युवा संगठन नेपाल रोल्पाका अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्वलले एकीकृत जनक्रान्तिलाइ तुंगोमा पुर्याउन युवाहरू गाउँ गाउँ बस्ती बस्ती हरुवाट एक भएर जुट्नु पर्ने भेला भएको बताए । नेकपा गंगादेब गाउँ कमिटी इन्चार्ज किरणले भेला सफलताको शुभकामना दिदै जनताको न्याय अधिकार सुनिश्चित गर्न युवाहरु क्रान्तिमा लामवद्द हुन अपिल गरेका थिए ।

गंगादेब गाउँ कमिती सेक्रेटरी एवम् युवा संगठन रोल्पाका उपाध्यक्ष बिपिनले युवाहरु स्थानिय स्तरमा बिकृती बिसंगती,अन्याय ,अत्याचार ,विभेद, दलाल सत्ता द्वारा भैरहेको भ्रष्टाचार ,अनियमितता विरुद्ध डतेर लडिरहेको बताए । भेलाबाट ललित को अध्यक्षता मा २१ सदस्यीय गंगादेब गाउँ कमिति निर्वाचित भएको थियो ।

Facebook Comments