• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संचारकर्मी एवं चलचित्र निर्देशक केएल पीडितको अगुवाइमा राहत वितरण गरिदै




संचारकर्मी एवं चलचित्र निर्देशक केएल पीडितले लकडाउनका कारण संकटमा परेका दाङका संचारकर्मी, प्रेस मजदुर एवं कलाकारहरुलाई राहत वितरण अभियान शुरु गर्ने भएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष समेत रहेका पीडितले संकटमा रहेकाहरुको विवरण संकलन गरिरहेको बताए ।

“अहिले आर्थिक संकट झेलिरहेका संचारकर्मी, प्रेस मजदुर एवं कलाकारहरुको अवस्था बुझ्दैछु ! सबै विवरण तयार गरेर राहत वितरण अभियान शुरु गर्नेछु ।” संचारकर्मी एवं चलचित्र निर्देशक पीडितले बताए ।

लामो लकडाउनका कारण संचारकर्मी, प्रेस मजदूर एवं कलाकारहरुको अवस्था निकै गंभीर भएको बताउँदै अभियन्ता पीडितले यस्तो अवस्थामा राहतका लागि सबै जुट्नु पर्ने बताए ।

राहत वितरण अभियानमा बिभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको अभियन्ता पीडितले बताए ।

Facebook Comments