• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा अबरुद्ध सडक मर्मत गर्न शुरु




सिस्ने गाउँपालिकाले वर्षाका कारण अवरुद्ध बनेका सडकमा पहिरो हटाउन थालेको छ । अविरल वर्षाका कारण जेठको तेस्रो साताबाट अवरुद्ध बनेका गाउँपालिका भित्रका विभिन्न ग्रामीण सडकमा झरेको पहिरो गाउँपालिकाले हटाउन शुरु गरेको हो ।

जिल्लामा हरेक वर्षको वर्षातको समयमा पहिरोको कारण सडक अवरुद्ध हुने गर्छन् । अहिले पनि जिल्लामा मध्यपहाडी लोकमार्ग बाहेकको सबै ग्रामीण सडकमा पहिरो झरेपछि ती क्षेत्रमा यातायातका साधन ठप्प भएका छन् । जसले गर्दा नागरिकले सास्ती खेपिरहेका छन् ।

अब विस्तारै वर्षा कम हुँदै गएपछि सिस्ने गाउँपालिकाले सडकमा झरेको पहिरो र हिलो हटाउनुका साथै भल बगेर सडकमा परेका खाल्डाखुल्डि मर्मतको काम शुरु गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

गाउँपालिकाले अहिले आफ्नै जेसीबि र टिप्पर लगाएर बाटो मर्मत गरिरहेको अध्यक्ष बरालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ६ को छिप्रीदह स्थित बसपार्क साइड र ढकालबारा जाने बाटोको मर्मत गरिएको छ भने वडा नम्बर ५ को मारीपाखामा पहिरो हटाउने काम भइरहेको छ ।

मारीपाखाको पहरो हटाए लगतै वडा नम्बर ७ र ८ का विभिन्न ठाउँमा झरेको पहिरो हटाइने छ । जिल्ला भित्रका ग्रामीण सडक अवरुद्ध भएपछि आवश्यक विभिन्न सामान ढुवानीका साथै आवतजावतमा पनि निकै कठीन हुने गरेको छ ।

गाउँपालिकाले आफ्नो मातहतको सडक छिटो भन्दा छिटो सुचारु गर्ने योजना बनाएको र त्यहि अनुसार काम अगाडि बढाएकाले नागरिकको त्यो समस्या पनि छिटै टर्ने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments