• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्यवसायिक कृषिमा आकषण बढ्दैः बिचौलिया हावी हुँदा मूल्य पाउन भने मुश्किल




रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडा कृषि खेतीका लागि उपयुक्त स्थान हो । गाउँपालिकाअन्तर्गत सबैभन्दा धेरै तरकारी उत्पादन गर्ने वडा पनि हो यो । यो वडाका अधिकांश गाउँमा खेतीयोग्य जग्गाहरु प्रशस्त छ र खेती गर्ने क्रम पनि बढिरहेको छ ।

यो सो वडाका धेरै कृषकहरु अहिलेसम्म पनि परम्परागत खेती प्रणालीलाई नै निरन्तरता दिदै आएकोमा पछिल्लो समय नयाँ प्रविधिको प्रयोग गर्दै ब्यवसायिक खेती पनि शुरु हुन थालेको छ । ब्यवसायिक खेती थालिएसँगै किसानहरु विस्तारै आत्मनिर्भर पनि बन्न थालेका छन् । तर, बिचौलियाका कारण भने किसानले श्रमअनुसारको प्रतिफल पाउन सकिरहेका छैनन ।


रुन्टीगढी गाउँपालिका ६ नं. झालबनका कृषक बीरबहादुर चलाउनेले बिगतदेखि नै परम्परागत शैलीमा खेती गर्दै आएको र पहिल्ला केही बर्षयता विस्तारै प्रविधि विकास प्रयोग गरेर ब्यवसायिक खेती थालिएको बताउनुभयो । यो वर्ष तरकारीमा खुर्सानी करिब दुइ हजार पाँचसय बोट र टमाटर करिब पाँच हजार बोट लगाउनुभएको छ । अहिलेसम्म मल्चिङ, मल र औषधिमा मात्रै उहाँले करीब एक लाख ५० हजार लगानी गरिसक्नुभएको छ ।

गत वर्ष करिब ८ सय क्विन्टल टमाटर बेच्दा सबै खर्च कटाएर करिब चार लाख आम्दानी गरेपछि उहाँ थप हौसिनुभएको हो । यो वर्ष भने लगातार वर्षाका कारण टमाटरको फूल जोगाउन नसक्दा गतवर्षको जति पनि आम्दानी लिन नसकिने होकी भनेर चिन्ता उहाँमा बढेको छ । त्योभन्दा पनि ठूलो समस्या छ मूल्यको । लकडानका कारण देखाउँदै बिचौलियाले कम मूल्यमा उठाउने भएकाले भनेजस्तो नपाएको र खुर्सानीले बजार पनि नपाउँदा बारीमै कुहिन थालेको उनको भनाई थियो ।

बाहिरका व्यापारीहरु नआउँदा बाध्यताले स्थानीय व्यापारीलाई तरकारी कम मूल्यमा दिनुपर्ने बाध्यता छ । त्यसमा पनि उधारो बेच्दै आइरहेको तथा तरकारीको रकम भने किस्ता किस्ता गरेर माग्न जानुपर्ने यहाँका सबै कृषकहरुको बाध्यता छ । सोही वडामा पर्ने छापका कृषक हुमबहादुर रेउलेले लडकडाउको समयमा खुर्सानी, टमाटर, गोपी आदि तरकारी खेती गर्दै आएको बताउनुभयो । विगतको वर्षमा तरकारी खेतीबाट राम्रै आम्दानी लिदै आइरहेको तर यो वर्ष भने लकडाउनका कारण तरकारीले भनेजस्तो मूल्य नपाउँदा खासै सन्तोषजनक आम्दानी लिन नसकिने पनि उहाँले बताउनुभयो ।

उत्पादन उठाउन बाहिरबाट ब्यापारी नगएपछि किसानले टमाटर प्रतिकिलो १० रुपैयासम्मा बेच्नुपरेको छ । कृषकहरुले मेहनत गरेर उत्पादन गरेका तरकारीको मूल्य बिचौलिया व्यापारीले मनपरी ढंगले तोक्ने र मन परेको तरकारीमात्र लग्ने गरेको रेउलेको गुनासो छ । ओखरपाटाका कृषक धनबहादुर बुढाथोकीले पनि परम्परागत कृषि खेती छाडेर यो वर्ष पूरै मल्चिङ गरेर नयाँ ढंगले खेती प्रणाली शुरु गरेकोे बताउनुभयो । करिब ६५ हजारको लगानीमा पाँच हजार टमाटर लगाएको र यो सिजनमा करिब चार पाँच लाख बराबरको आम्दानी उहाँको योजना छ ।

‘हाम्रो ठाउँमा हाटबजार सञ्चालन नहुँदा र बाहिरका व्यापारीहरु नआउँदा स्थानीय व्यापारीलाई नै आफै बोलाएर उनीहरुकै मूल्यमा तरकारी बेच्नुपर्ने बाध्यता छ’– बुढाथोकीले भन्नुभयो– ‘हामीले शुरुदेखि तरकारी नबेच्दासम्म निरन्तररुपमा नगद लगानी गर्नुपर्छ तर तरकारी बेच्दा फोनको भरमा उधारो बेच्नुपर्ने र पटकपटक पैसा लिन जानुर्पे समस्या छ ।’ बिचौलिया व्यापारीहरुकै कारणले कृषकहरु मर्कामा परेको किसानहरुको गुनासो छ ।

Facebook Comments