• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा गिद्ध गणना, भेटिए ११० गिद्ध




१२ औं अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसकै अवसरमा शनिवार दाङमा गिद्ध गणना गरिएको छ ।

दाङमा पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रको अगुवाइमा गिद्धका गुँड रहेका विभिन्न क्षेत्रमा रहेका संरक्षकर्मीहरुले गिद्ध गणना गरेका हुन् । जसअनुसार जिल्लाभरि एक सय दश वटा गिद्ध भेटिएको केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिका ३ स्थित सम्झना सामुदाकिय वनमा ३३ वटा गिद्ध भेटिएका छन् । त्यस्तै लमही ७ स्थित कप्तानगञ्ज सामुदायिक वनमा ३१, गिद्ध रेष्टुरेन्ट स्यालापानीमा १०, घोराहीको बुकामा दुइ, ग्वारखोलानजिक २० र बाघमारेस्थित बिष्णुपुर सामुदाकिय वनमा १४ वटा गिद्ध फेला परेका छन् ।

त्यस्तै राप्ती गाउँपालिकास्थित कालिका सामुदायिक वनमा पनि गिद्ध संरक्षण क्षेत्रको अवलोकन गरिएको छ । वन समूहका अध्यक्ष भीमकान्त भुसाल र गिद्ध संरक्षण केन्द्र लालमटियाका संयोजक यामबहादुर रोका, पत्रकार महेश रिजालसहितको टोलीले गिद्ध संरक्षण क्षेत्रको अवलोकन गरेको थियो ।

सो क्रममा झण्डै तीन सय गिद्ध रहेको देखिए पनि दूरबीनबाट गणना गर्न भने नसकिएको पत्रकार रिजालले जानकारी दिनुभयो । टोलीले गिद्ध रेष्टुरेन्टमा राखिएको पशु बृक्षाश्रमको पनि अध्ययन गरेको थियो । जसमा ७० वटा बृद्ध गाइगोरु रहेका छन् । दाङको स्यालापानी र लालमटियामा गिद्ध रेष्टुमार्फत गिद्ध संरक्षणको काम भइरहेको छ । योसँगै देशभरि सात वटा गिद्ध रेष्टुरेन्ट रहेका छन् ।

लोपोन्मुख प्रजातिको पंक्षी गिद्ध संरक्षणमा टेवा पु¥याउने उद्देश्यका साथ गिद्धको यथार्थ अवस्था अध्ययन गर्न देशभरि गिद्ध गणना गरिएको हो । यो बर्ष कोरोना संकटका कारण ठूला औपचारिक कार्यक्रम गरिएन भने गिद्ध गणना र अनलाइन तथा रेडियो कार्यक्रमहरु गरिएको नेपाल पंक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले जानकारी दिनुभयो ।

Facebook Comments