• २० कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कपुरकोट बजार एक हप्ताका लागि सील




सल्यानको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएपछी विहिबार गाउँपालिकामा बसेको सर्वपक्षिय, सर्वदलीय बैठकले एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।

संक्रमीत ब्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यस अघि पनि समुदाय स्सतरमा गरिएको परीक्षणमा एक ब्यक्तिलाई कोरोना भेटिएपछी स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

विहिबार राती १० बजे देखि यहि भदौ २५ गते राती १० बजे सम्मका लागि कपुरकोट गाउँ कार्यापालिकाको कार्यालयय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिनुभयो ।

Facebook Comments