• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कक्षा १२ को परीक्षा मोडलबारे छलफल शुरु, दशैंअघि नै परीक्षा गराउने तयारी




कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ ।
कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको छ ।

Facebook Comments