• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिदेशमा रहेका नेपालीले गरे पहिरोपीडितलाई सहयोग




रुकुम पश्चिमको बाँफिकोट वडा नं. ९ का पहिरो पडितलाई बिदेशमा रहेका युवाहरुले पठाएको सहयोग रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाका बिदेशमा रहेका युवाहरुले संकलन गरि पठाएको सहयोग रकम आज हस्तान्तरण गरिएको हो । ३ जना पहिरो पिडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

अमेरीका तथा अन्य देशमा रहेका युवाहरुले पठाएको ५ लाख २५ हजार सहयोग रकम आज हस्तान्तरण गरिएको तुल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोको कारण आमा र भाई गुमाएका हस्त सुनारलाई ३ लाख ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । पहिरोेले हस्त सुनारको घर समेत बगाएको थियो ।

त्यस्तै पहिरोको कारण एउटा छोरा गुमाएका हस्त कामीलाई एक लाख २५ हजार र श्रीमान गुमाएकी तारा विकलाई ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । साउन १३ गते वडामा पहिरो जादा २ जनाको घटना स्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने पहिरोले हस्त सुनारको घर समेत पहिरोले वगाएको थियो ।

गाउँपालिकाका अमेरीमा रहेका धेरै युवाहरुले पिडितका लागि सहयोग रकम संकलन गरि पठाएका हुन् । पिडितहरुको लागि अधिकासं रकम अमेरीकाबाट आएको छ । पहिरो पिडित परिवारलाई गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।।

Facebook Comments