• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्यूठानमा एक स्वास्थ्यकर्मीसहित ८ जनालाई कोरोना




प्यूठानमा एक स्वास्थ्यकर्मीसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा गरिएको परिक्षणका प्यूठानका थप ८ जनालाइ कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले जनाएको छ । प्रतिष्ठानका अनुसार नौवहिनी गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना र ऐरावति गाउँपालिकाका १ जना रहेका छन् ।

नौवहिनी गाउँपालिकामा पुष्टि भएका ३ जना संक्रमित होम क्वारेन्टाइनमा रहेको गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम शर्माले जानकारी दिए ।

प्यूठान नगरपालिकाका ४ जना संक्रमित मध्ये १ जना स्वास्थ्यकर्मी, १ जना थुनुवा, १ जना भैरहवाबाट उपचार गरी फर्किएका विरामी र एक जना क्वारेन्टाइनमा रहेका नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्दराज घिमिरेले जानकारी दिए ।

ऐरावति गाउँपालिकाका संक्रमित क्वारेन्टाइन मै रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिए ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४४३ पुगेको छ । जसमध्ये मंगलवारसम्म ३७४ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments