• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिन्धुपाल्चोकको घाउमा रुकुमको मलमः जनप्रतिनिधिले गरे एक लाख सहयोग




सिन्धुपाल्चोकका पहिरोपीडितलाई रुकुमका जनप्रतिनिधिले सहयोग गरेका छन् ।

रुकुमपश्चिम जिल्लाका पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदको तर्फबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीका पहिरो पीडितका लागि एक लाख रुपयाँ सहयोग गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकरले सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य समेत रहनुभएको सभामुख अग्निप्रसाद सापकोटालाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

यो बर्षको बर्षातका कारण लिदीमा देशभरिकै ठूलो संकट आएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग प्रदान गरिएको शर्माले जानकारी दिनुभयो । ‘रकम ठूलो सानो जति भए पनि हामीले भावना साटेका हौं, सिन्धुपाल्चोकसँग रुकुमपश्चिम साथमा छ र सिंगो देश साथमा छ भनेर हामीले भावना मिसाउने काम गरेका हौं’– उहाँले भन्नुभयो । सभामुख सापकोटाले सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

Facebook Comments