• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौखावाङको बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन




नवीन ओली
रुकुमपश्चिम जिल्ला मुसिकोट नगरपालिका वडा न ९ र १० साविक चौखावाङ गाविस भुक्षे र बाढी पहिरोको अति जोखिमयुक्त ठाउँ भएको छ । प्रत्येक वर्षको वर्षा यामको समयमा बाढी पहिरोले घर गोठ बालिनाली पशुचौपाए र जीवनयापनको लागि गरिएका विभिन्नखाले आएआर्जनमुलक खेतीपाती वर्सैपिच्छे नस्ट पार्दै आएको छ ।

प्रत्येक वर्ष खानेपानी सिचाइ बिधुत सडक विद्यालय लगाएतका अति आबश्यकिय बस्तुहरुको बिनास भैरहेको छ भने वर्सैपिच्छे लाखौको लगानी गरेर मर्मत गर्नुपर्ने यो ठाउको लागि बाध्यता भएको छ । उत्पादनको हिसाबले धेरै चिज हुन्छ, यहाँका जनताले धेरै मेहेनत गर्छन तर फेरि बाढी पहिरोले बगाएर पुरेर नस्ट बनाइदिन्छ अनि कृषक पनि मेहेनत गर्न वाक्क भैसके हात्ती आयो हात्ती आयो फुस्सा भनेझै भएको छ यो ठाउको लागि मेहेनत भनेको ।

मैले थाहा पाएसम्म २०७० सालदेखि हालसम्म करिब डेढ दुई अर्ब जति यो गाविसमा लगानी भैसक्यो तर उस्ताको उस्तै छ । जति बनाए पनि हिउदको समयको लागि मात्र हुन्छ । वर्षा यामको समयमा आजभोलि ढुक्कसग बस्न खान सुत्न बाल्न र हिडडुल गर्न सक्ने अवस्था छैन। केही दिन अगाडि म दुबै वडाका विभिन्न ठाउँमा घुमे, जता गयो उतै जगजगी भन्दा अरु छैन । पैदल हिड्ने बाटो नै छैन । गाउघर तिर बिजोक छ । के गर्ने केही गर्न सकिँदैन, उपाए पनि देखिदैन । त्यसैले गर्दा राज्यले लगानी धेरै गरेको छ तर कामयाबी भएको देखिएको छैन ।

हालसम्म सडकमा मात्र करिब ७०/८० करोड जति लगानी भैसक्यो तर आजभोली सितलपोखरीदेखि यता पैदल हिड्ने बाटो नै छैन गाडिको त कुरै छोडम, यस्तो बेहाल यो कसैले चाहेर होइन भुगोल नै यस्तै छ । त्येसैले गर्दा सुरक्षीत स्थानमा बस्ती बिस्तार गर्नुको विकल्प अर्को देख्दैन मैले त । जसको लागि संघिय सरकारको ध्यान यतापट्टि पनि जान जरुरी छ । नेपालीको सविधानले परिकल्पना गरेको समाजवादको अभ्यास र बिकास गर्नको लागि पनि असुरक्षित र अव्यवस्थित बस्तिहरुलाइ ब्यबस्थित तरिकाले ब्यबस्थापन गरेर सम्बृद नेपाल अनि समाजवादी ब्यबस्थाको सुरुवात गर्न यसले केही सहयोग अबश्य मिल्नसक्छ ।

हाम्रो देशका कुनै ठाउँ यस्ता छन कि त्यो ठाउमा बसेका नागरिकले पाउनुपर्ने सुबिधा उपलब्ध गराउनुभन्दा त्यहाका बासिन्दालाई अनेत्र स्थानान्तरण गर्न खर्च कम लाग्ने देखिन्छ भने त्यस्ता बस्तिलाइ स्थानान्तरण गर्नमा सरकारको ध्यान जान जरुरी छ ।

हाम्रो ठाउँ पनि तेहि अन्तर्गत पर्छ । चौखावाङमा करिव ७५० घरधुरी छन, एक घरलाइ तीन चार कठ्ठा जमिन र एउटा घर उपलब्ध गराउने अनि अन्य पानी बिजुली सडक स्कुल त हुने नै भए, यी सबै काम गर्न करिब दुई ढाइ अर्व रकम भए पुग्छ जस्तो लाग्छ तर यहाँ यी ७५० घरधुरीलाई दुई ढाइ अर्व रकम खर्च गरेर बनाएका समरचनाहरु ८/१० वर्षसम्म त प्रयोगमा आउलान जेन्तेन त्यसपछि भत्किएर जान्छन अनि फेरि मर्मत गर्न उत्तिनै लाग्छ । त्यसकारणले गर्दा बस्ती स्थानान्तरण गर्न उपयुक्त ठान्दछु ।

देशकै ठूलो उपत्यका नजिकै दाङमा छ लाखौ बिघा सरकारी तथा ब्यक्तीगत जमिन बाझो छ अनि पहाडमा आज कि भोलि पहिरोले बगाउने हो कि भनेर जगजगी छ । त्यसैले खेर गैरहेको जमिनको उपयोग अनि जोखिममा परेका समुदायको उद्दार र ब्ययभार पनि कम हुने भएकोले एकीकृत बस्ती बिस्तार गर्न जरुरी छ ।

अहिलेकै स्थानमा सबै सेवा सुबिधा उपलब्ध गराउनु भन्दा कम लगानीले बस्ती स्थानान्तरण हुन्छ भने त्यो काम गर्नु नै उपयुक्त विधि हो भन्ने म ठान्दछु । हुन त यस्तै खालका समस्या देशका धेरै ठाउमा हुन सक्छन । तर यो असुरक्षित भुगोलको बिस्तृत अध्ययन गरि सुरक्षीत स्थानमा बस्ती बिस्तारको कार्यक्रम लाई अगाडि बढाउनको कागी सम्बन्धित निकाय तथा सघिय सरकार लाई मेरो जोडदार माग रहेको छ ।
(लेखक मुसीकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हुनुहुन्छ)

Facebook Comments