• २३ कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बिपन्नलाई मास्क वितरण गर्न मास्क बैंक




घोराही उपमहानगरपालिका १४ मा मास्क बैंक शुरु गरिएको छ ।

बिपन्नलाई मास्क वितरण गर्न युवा समाजसेवी नरेन्द्र पुनले यो अभियान शुरु गर्नुभएको हो । घोराही उपमहानगरपालिका १४ स्थित लखनपार्कभन्दा उत्तरतर्फ गरेको आफ्नै घरको परिसरमा उहाँले मास्क बैंक शुरु गर्नुभएको हो ।

धेरै व्यक्ति मास्क नलगाएर बजारमा हिड्ने गरेको र कोरोना संक्रमणको जोखिममा पर्ने खतरा रहेकाले बिपन्न नागरिकले पनि मास्क लगाउन पाउन् भनेर यो अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

‘भएकाले मास्क दिएर जानुहोस्, नभएकाले निःशुल्क मास्क लिएर जानुहोस’ भन्ने नाराका साथ अभियान शुरु गरिएको छ । यसमा सहयोग गर्न चाहनेले मास्क किनेर छाडिदिनसक्ने छन् भने नभएकाले लैजाने छन् ।

सेवा शुरु गरेको एक घण्टामै दुइ सय जनाले मास्क लिएको जानकारी दिंदै पुनले भन्नुभयो– ‘धेरै व्यक्ति सडकमा मास्कविना नै हिड्दा रहेछन्, सेवा शुरु गरेको एक घण्टामै दुइ सय जनाले मास्क लगिसकेका छन् ।’

Facebook Comments