• २४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बर्षे बालीमा जंगली जनावरको आतंक




रुकुम पश्चिमकाे विभिन्न ठाँउमा कृषकले लगाएकाे बर्षे बालीमा जंगली जनावरहरुले क्षति गर्ने गरेका छन् ।

पश्चिममा पर्ने त्रिवेणी ,चाैरजहारी र सानीभेरी लगाएतका पालिकाहरुका विभिन्न ठाँउहरु त्रिवेणीकाे पेउघा चाैरजहारीका लिउरेबारी लामाडाँडा तिमिले भालुगाेरे सानीभेरीका तिमीले चिन्तु अामडाँडा राेल लगाएतका ठाउँहरुमा जंगली जनावरले दिउँसाे र रातीमा गरि बर्षे बाली लगाएकाे धान मकै सिमि अादिलाई बाँदर, लंगुर (गुनु)ले दिउँसाे क्षति गर्छ भने बँदेल घाेरल रतुवा जस्ता जनावरले रातीमा क्षति गर्ने गरेकाे चाैरजहारी १४का स्थानीय विरेन्द्र अाेलीकाे भनाइ छ ।

उहाँ जस्तै दिनभरि बाँदर र लंगुरकाे हेरालाे बस्छाै भने रातभर बँदेल रतुवा घाेरलकाे हेरालाे बस्नले हैरान भैसकेकाे सानीभेरी १० का तिलक खड्काकाे गुनासाे छ । उहाँहरु जस्तै कृषकहरुले जंगली जनावरकाे अातंक बाँदर लंगुर बर्सेनि भइरहे ता पनि यसपाली देखि रातिमा हैरान बनाउने बँदेल घाेरल रतुवा बाक्लाे मात्रामा अाइ बाली नष्ट गरेकाे किसानहरुकाे गुनासाे छ।यसरी अाफुहरुले लगाएकाे बाली जंगली जनावरले नष्ट गरिदिंदा भाेकमरि समेत पर्न सक्ने भएकाेले सम्बन्धित निकायबाट यसकाे व्यवस्थापन गर्न समेत स्थानीय बासीहरुकाे माग रहेकाे छ ।

Facebook Comments