• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा १० कर्मचारी र तीन प्रहरीसहित १८ जना संक्रमित




रुकुम पश्चिममा आज एकै दिन १८ जना कोरोना संक्रमित थपिएका छन् । एक कार्यालयका प्रमुखसहित सोही कार्यालयका नौ कर्मचारी, स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारी, तीन प्रहरी र मुसीकोट सल्लेका दुइ स्थानीय गरी मुसीकोटमा मात्रै १५ जना संक्रमित फेला परेका छन् । संक्रमित भएको स्थानीय भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका हुन् ।

त्यस्तै सानीभेरी गाउँपालिकामा २ जना नेपालगञ्ज अस्पताल गएर फर्केका संक्रमित देखिएका छन् भने चौरजहारीका एक जना गरी रुकुमपश्चिममा मात्रै १८ जना संक्रमित भेटिएका हुन् ।

चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । मुसीकोट नगरपालिकाका २७ जनाको स्वाव परिक्षण गरिएकामा १५ र सानीभेरी गाउँपालिकाका १० जनाको स्वाव परिक्षण गरिएकामा ३ जनामा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला अस्पतालको आईसोलेसनमा रहेका २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटीभ आएको छ । यो संगै जिल्लामा संक्रिय संक्रमित २८ जना रहेका छन् । रुकुमपश्चिममा अहिलेसम्म ५८ जनामा संक्रमित भएकोमा ३० जना निको भएर घर फर्किसकेका छन् ।
दुइ पालिका र तीन वडामा सील

संक्रमितको संख्या एकाएक बढ्न थालेपछि मुसीकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एरिया सील घोषणा गरेको हो । त्यस्तै आठबीसकोट नगरपालिकाले पनि वडा नम्बर ९, ११ र १२ मा सील गरिएको छ ।

तीवटै पालिकाले१४ दिनयता संक्रमितको सम्पर्कमा रहेकाहरुलाई आफ्नो विवरण दिन आग्रह गरेका छन् ।

जिल्ला प्रशासनद्वारा अत्यावश्यकीयबाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले कोरोना संक्रमण बढिरहेको भन्दै अत्यावश्यकीयबाहेकका सेवा बन्द गरेको जनाएको छ । प्रमुख जिलल अधिकारी उपेन्द्रराज पौड्यालले जरुरी सूचना जारी गर्दै अत्यावश्यकीयबाहेकका सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जानकारी गराउनुभएको छ । सोमवारदेखि सो सूचना लागु हुने छ । अब जिल्ला प्रशासनबाट शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यकीय सवारी पास, विपद् ब्यवस्थापन र अत्यावश्यकीय सेवा मात्र सञ्चालन गरिने छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले अन्य सार्वजनिक सेवा प्रदायक कार्यालयले पनि अत्यावश्यकीय सेवा प्रवाह गर्नुपर्ने अवस्थामा मात्रै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने जनाएको छ ।

Facebook Comments