• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिरोबाट मुुसीकोट ९ मा ब्यापक क्षति, विद्युत पाइप बगाएपछि २५० घर अन्धकारमा




रुकुमपश्चिम मुसीकोट नगरपालिका वडा न ९ मा गए राति परेको अविरल बर्षापछि विभिन्न स्थानमा गएको पहिराले ब्यापक क्षति पुर्याएको छ ।

पहिरोबाट १२ वटा घर उच्च जोखिममा परेका छन भने अदुवारीमा लालबहादुर ओलीको एउटा भैंसी र तारा ओलीको एउटा गोरु पहिरोमा पुरिएर मरेका छन ।

होल्तारामा रहेको सृजनशील महिला सहकारी भवन, सौचालय, स्वास्थ्य चौकी भवन र ओपेन्द्र ओलीको शौालय पहिरोमा पुरिएका छन् भने डम्मर ओली, लालबहादुर ओली, गोबिन्द ओली, कुलप्रसाद ओली, ओपेन्द्र केसी दिपेस खड्का, पत्रबहादुर ओली, चित्रबहादुर बोहरा, लोकबहादुर खड्का, यामलाल ओली, खड्कसिङ ओली, होमबहादुर ओलीलगायतका घरहरु उच्च जोखिममा परेको वडा अध्यक्ष नवीन ओलीले जानकार िदिनुभयो । पहिरोले वडाका करिब १५० घर परिवारले दुई सय रोपनीमा लगाएको मकै, अदुवा, सिसी, बेसार, सुन्तला, कागतीमा ठूलो क्षति पुगेको छ ।

चुनखोला दोस्रो लघुजलबिद्युतको करिब चार सय मिटर पाएप पहिरोले बगाएरपछि २५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन ।

Facebook Comments