• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अत्याचारविरुद्ध जुटे जनता, घोराही–मुर्कुटी सडक ग्राभेल नहुँदासम्म टिप्पर चल्न रोक




भनिन्छ, अति गर्नु अत्याचार नगर्नु । घोराही सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने टिप्परले घोराही–मुर्कुटी सडक कामै नलाग्ने बनाएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले संघर्ष समिति गठन गर्दै सडक ग्राभेल नहुँदासम्म सिमेन्ट उद्योगको चुनढुंगा निकासी पैठारी पूर्णरुपमा बन्द गर्ने निर्णय गरेका छन् ।

अन्य सवारी साधन भने यथावतरुपमा चल्न पाउने छन् । ‘बाटो बनाऊ, गाडी चलाऊ’ भन्ने मुख्य नाराका साथ स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । आज भएको जनभेलाले नारायण पाण्डे संयोजक रहेको सडक सुधार संघर्ष समिति पनि गठन गरेको छ ।

जसमा सहसंयोजक रिमा कँवर, दिलबहादुर गिरी, श्याम पुन, बसन्त ओली, पबित्रा गिरी, शारदा सेढाइ, श्रीमान घर्ती, धनबहादुर बुढा, रेश्मीराज न्यौपाने, हेमन्त खड्का, बसन्ता कँवर, इश्वरी कँवर र तिलक खड्का रहनुभएको छ । त्यस्तै समितिको सल्लाहकारमा चन्द्रबहादुर सेढाइँ, भीमबहादुर कवर र मदन न्यौपाने रहनुभएको छ ।

भेलामा चन्द्रबहादुर सेढाइँ, नारद पोख्रेल, सर्बजीत ओली, पुरन शर्मा, नारायण खनाल, गणेश अधिकारी, प्रेम घर्तीसहित एक सय बढी स्थानीयको सहभागिता रहेको थियो ।

Facebook Comments