• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिचौलियाले डुबाए तरकारी किसानलाई




रोल्पा होलेरीका ब्यापारीहरुले बजार बन्दको कारण भन्दै तरकारीको मूल्य एक्कसी घटाउदा रुन्टीगढी गाउँपालिका वडा न ६ का कृषकहरु मर्कामा परेका छन् । बिचौलिया ब्यापारीहरुले यो बन्दको समयमा तरकारी बजारमा पठाउन नसकिने भन्दै कृषकहरूले उत्पादन गरेका तरकारीको मूल्य आफू खुशी तोक्नाले झन् कृषकहरू थप मर्कामा परेका हुन् ।

रोल्पा रुन्टीगढी गाउँपालिका वडा न ६ ओखरपाटामा बस्ने कृषक जय बहादुर बुढाथोकीले आफुले उत्पादन गरेको तरकारीले बजार भाउ नपाउदा आफ्नो लगानी समेत उठाउन अप्ठ्यारो हुने बताए । हामी कृषकले मेहनत गरेर टमाटर, खुर्सानी ,बन्दागोपी, फुलगोपी, सेमी लगातका तरकारी उत्पादन गर्छौ तर, त्यही तरकारीको मूल्य भने ब्यापारीहरुले तोक्ने भएकाले नै भनेजस्तो तरकारीले उचित मूल्य नपाएको समेत बताए । हामी कृषकहरू कृषि खेती वषौ देखि गर्दै आइरहेका छौ तर अहिलेसम्म तरकारीको मूल्य भनेजस्तो पाएनौ र हाम्रा समस्याप्रती सम्बन्धित निकायहरु पनि बेखबर भएको उनको भनाइ थियो ।

सोही ठाउँ निबासी सोमाराज बुढाथोकीले घामलाई घाम र पानीलाई पानी नभनी खुन पसिना बगार उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउदा आफु दु:खी भएको बताए । आफुले दु:ख गरेर उत्पादन गरेको तरकारीमा ब्यापारीले आफ्नै मेहनत बाट तरकारी उत्पादन गरेजस्तो मनोमानी ढंगले मूल्य कायम गर्दा थप चिन्तित बन्न्नुपर्ने उनको भनाई थियो ।

Facebook Comments