• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि लुकुममा बहुप्राविधिक शिक्षालयः जग्गा खरिदका लागि सहयोगको अपिल




भूमे गाउँपालिका–१ को सिद्धचौर माध्यमिक विद्यालय लुकुममा बहु प्राविधिक शिक्षालयको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हुने भएको छ । बहु प्राविधिक शिक्षालय स्थापनाको लागि प्रदेश सरकारले डीपीआरको लागि एक करोड बजेट विनियोजन गरेकोमा वर्षायाम सकिना साथ डीपीआर गर्ने बताइएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले बहु प्राविधिक शिक्षालय स्थापनाको लागि मावि लुकुम छनोट गरेको थियो ।

बहु प्राविधिक शिक्षालय स्थापना गर्नका लागि ३५ रोपनी जग्गा आवश्यक पर्ने भएकोले आफ्नो भोगाधिकारको २४ रोपनी रहेको र बाँकी ११ रोपनी जग्गा अपुग भएकोले विद्यालयले किनेको हो । मावि लुकुम जग्गासँगैको ११ रोपनी जग्गा किनेर पनि गएको माघ महिनामा विद्यालयको नाममा पास भइसकेको छ ।

११ रोपनी जग्गालाई ३६ लाख ९७ हजार सात सय रुपैयाँ परेकोले ११ लाख ८६ हजार दुई सय रुपैयाँ मात्र जग्गा धनिलाई दिइएको र २५ लाख ११ हजार पाँच सय रुपैयाँ बुझाउन बाँकी रहेको विद्यालयका प्राधानाध्यापक रामबहादुर पुनले बताउनुभयो । त्यसको लागि विद्यालयले सबैसँग सहयोगको अपिल गरेको छ ।

रकम अपुग भएकोले विद्यालयले भूमे–१ वडाबासीलाई सहयोगको लागि तीन वर्गमा वर्गीकरण गरी रकम संकलन गर्ने काम बिहीबारबाट शुरु गरिएको प्राधानाध्यापक पुनले जानकारी दिनुभयो । ‘क’ वर्गका घर परिवारले १० हजार देखि माथि, ‘ख’ वर्गका घर परिवारले ५ हजार देखि ९ हजार ९ सय ९९ रुपैयाँ सम्म र ‘ग’ वर्गका घर परिवारले एक हजार देखि ४ हजार ९ सय ९९ रुपैयाँ सम्म सहयोगको लागि विद्यालयले वडाबासीलाई वर्गीकरण गरेको छ । सोही अनुसार रकम संकलनको लागि विद्यालयले घरदैलो कार्यक्रम गरिरहेको छ ।

५० हजार माथिको रकम सहयोग गर्नेको नाम स्वर्ण पत्रमा, १० हजार देखि ४० हजार ९ सय ९९ रुपैयाँ सहयोग गर्नेको नाम ताम्र पत्रमा, ५ हजार देखि ९ हजार ९९ रुपैयाँ सहयोग गर्नेको नाम शिलालेखमा र ४ हजार देखि कम सहयोग गर्ने सहयोगीदातालाई रसिद मात्र दिइने प्राधानाध्यापक पुनले जानकारी दिनुभयो ।

प्राविधिकधार तर्फ पढ्नको लागि प्रदेश राजधानी एवं काठमाडाँै लगायतका ठूला शहर धाउनुपर्ने र आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीका लागि भने प्राविधिकधार शिक्षा हासिल गर्नमा वञ्चित समेत हुनु परेको अवस्था रहेको छ । त्यसैले कम खर्चमा सबैले पढ्न पाउने अवसर प्रदान गर्नेको लागि प्रदेश सरकारले दुर्गम गाउँमा बहु प्राविधिक शिक्षालय स्थापना गर्न लागेको हो ।

तीन वर्षे कृषि, वन विज्ञान (फरेस्ट्री), भेटेरेनरी, ओभरसियर, सव–ओभरसियर, प्लम्बर, कम्प्युटर, स्टाफ नर्स, लगायत प्राविधिकधार तर्फका पढाइ क्रर्मिक रूपमा थप्दै पठन–पाठन गराउदै जाने बताइएको छ । जिल्लामै बहु प्राविधिक शिक्षा सञ्चालन हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता र आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीको लागि सहज हुने भन्दै जिल्लाबासी खुसी भएका छन् ।

Facebook Comments