• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडक्रस दाङद्वारा दशैं स्थनीय तहमा स्वास्थ्य सामग्री हस्तान्तरण




काेराेनाकाे जाेखिम बढिरहेकाे सन्दर्भ र काेभिड १९ प्रतिकार्य गतिबिधि सुस्ताइरहेकाे समयमा नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला शाखाले भने काेराेना आकस्मिक प्रतिकार्य गतिविधिलाइ निरन्तरता दिएकाे छ । जस अनुसार आइतबार र साेमबार गरि १० वटै स्थानिय तहलाइ अत्यावश्यक स्वास्थ्य स्वास्थ्य र सरसफाइ सामग्री प्रदान गरेको हो ।

बढ्दाे कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै रेडक्रसले स्थानियतहलाई चेतनामुलक फ्लेक्स ब्यानर,क्वारेन्टाइनमा फाेहाेर ब्यवस्थापनकालागि डस्टविन, ट्वाईलेट ब्रसस, हर्पिक, फिनाईल, ओडोनिल, हाईड्रोक्लोराईड, सेनिटाईजर, सर्जिकल ग्लोब्स , सर्जिकल माक्स, मेडिकल झुल, मस्क्विटो लिक्विड, क्वारेन्टाइनमा रहेका महिला संख्याका अाधारमा महिनावारी स्वच्छता सामाग्रि र अटाेमेटीक डस्टबिन लगाएतका सामाग्रि हस्तान्तरण गरेको हो ।

जिल्ला शाखा दाङकाे स्वास्थ्य र खानेपानी सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रम आर्थिक सहयोग नेपाल रेडक्रस सोसाईटी सिइएचपि नेपालगञ्ज/ स्वीस रेडक्रसको सहभागितामा उक्त सामग्रि हस्तान्तरण गरेकाे काेभिड फाेकल प्रसन प्रकाश श्रीबन्दले जानकारी दिए ।

लकडाउन खुलेपछिकाे अवस्थामा कोभिडको संक्रमण बढ्न सक्ने भन्दै रेडक्रसले सहयोग स्वरूप स्वास्थ्य र सरसफाइ सामग्री वितरण गर्दै आएको र त्यसै गतिविधिलाइ निरन्तरता दिएकाे जिल्ला सभापति नारायण आचार्यले जानकारी दिए ।

स्वास्थ्य र सरसफाइ सुरक्षा सामग्री बुझ्दै दाङ जिल्लाका सबै स्थानिय निकाएले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङलाई धन्यवाद दिएका छन । नेपाल रेडक्रस साेसाइटी दाङ ले बिगतका दिनहरुमा जस्तै बिपदकाे समयमा खेलेकाे भूमिका प्रसंशानिय रहेकाे र आउदा दिनमा पनि निरन्तरता रहनेमा आसावादी रहेकाे जनाएका छन। सामाग्रिहरु समुचित सदुपयाेग गर्ने प्रतिबद्दता समेत जनाएका छन ।

नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङ तथा स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियाेजना जिल्ला कार्यक्रम अधिकृत टेकम वली का अनुसार काेभिडकाे संक्रमण बढीरहेकाे समयमा अहिले काेभिड आकस्मिक प्रतिकार्यका गतिबिधि स्वीकृत गरि निरन्तर संचालनमा ल्याएकाे जानकारी दिए ।

उनका अनुसार कन्ट्रयाक ट्रेसिङ, मनाेसामाजिक परामर्श, स्वास्थ्य र सरसफाइ सचेतना कलास संचालन, परिवार नियाेजन साधन उपयाेग र पहुच सम्बन्धि स्वयम् सेविकालाइ अभिमुखिकरण, चेतनामुलक फलेक्स ब्यानर बितरण, रेडियाे सन्देश प्रशारण, महिलाकालागि महिनावारी स्वच्छता सामाग्रि बितरण, क्वारेन्टाइनमा हात धुने स्थान निर्माण, क्वारेन्टाइनमा महिलाकाे संबेदनशिलतालाइ आधार मानेर गाेपनियता सुधार, क्वारेन्टाइन मा रहेका बालबालिकाकाे लागि पाेषणका कुरा, क्वारेन्टाइन भित्र र बाहिरकाे फाेहाेर ब्यस्थापन सामाग्रि, केही लजेस्टीक सामाग्री सहयाेग, स्वास्थ्य सामाग्रि (सानिटाइजर, ग्लाेभ्स, मास्क) लगायतकाे सहयाेग गरिरहेकाे जानकारी दिए ।

Facebook Comments