• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राध्यापकले गरेको आगजनीको विद्यार्थीले गरे बिरोध, विश्वविद्यालयमा भागबण्डा रोक्न माग




दाङका तीन विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्तिमार्फत महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा आंशिक प्राध्यापकहरुले गरेको आगजनी र तोडफोडको बिरोध गरेका छन् ।

राजनीतिक भाडबण्डाबाट आंशिक प्राध्यापकको रुपमा नियुक्ति पाएकाहरुले अहिले यो ब्यवहार प्र्रस्तुत गर्नु उपयुक्त नहुने आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

बौद्धिक तप्का, प्राज्ञिक व्यक्ति, अभिभावक र विद्यार्थीका आशा र भरोसाका पात्रहरुले नै आफ्ना माग पूरा गराउन यस्तो काम गर्नु लज्जास्पद भएको उनीहरुको आरोप छ ।

अनेरास्ववियू दाङका संयोजक जंग रोका, नेविसंघ दाङका कावा सभापति टोबहादुर बुढाथोकी र अखिल क्रान्तिकारी दाङका अध्यक्ष अनिल केसीले जारी गरेको विज्ञप्तिमा आंशिक प्राध्यापकहरुको आन्दोलनबारे जानकार रहेको जनाउँदै विश्वविद्यालयहरमा अनावश्यक राजनीतिक भागबण्डा गरी आफ्ना निकटका व्यक्तिलाई टिके प्रथामार्फत नियुक्ति गरी भित्र्याउनु नै अहिलेको समस्याको मूल कारण रहेको उल्लेख छ ।

अब आंशिक प्राध्यापक नियुक्त गर्ने प्रावधान खारेज गरी आवश्यकताको आधारमा खुला प्रतिष्पर्धाबाट पदपूर्तिको ब्यवस्था गर्न पनि त्रिविसँग माग गरिएको छ ।

त्यस्तै अनेरास्ववियूका सहसंयोजक सर्जन परियारले पनि छुट्टै विज्ञप्ति जारी गरी घटनाको बिरोध गर्नुभएको छ ।

आंशिक प्राध्यापक संघले भन्यो– आगजनीको गर्ने कार्यक्रम थिएन
नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस घोराही इर्का समितिले विज्ञप्ति जारी गरी आइतवार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने क्रममा आवेगात्मक परिस्थिति सिर्जना भएर प्रतिक्रियास्वरुप सामान्य आगजनीको घटना हुनु दुःखद भएको जनाएको छ । संघका अध्यक्ष बालकृष्ण डाँगीले जारी गरेको विज्ञप्तिमा समितिको कार्यक्रम त्यस्तो नभएको र नहुने पनि स्पष्ट गरेको छ ।
संघले सोमवार केन्द्रको कार्यक्रमअनुरुप लेखा र प्रशासन फाँटमा तालाबन्दी गर्दा प्रहरी पुगेर ताला फोडेको घटनाको पनि खेद प्रकट गरेको छ । यसबाट उत्पन्न परिस्थितिको उचित निकासका लाग पनि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

यो पनि पढ्नुहोस्–

आन्दोलनरत आंशिक प्राध्यापकले जलाए क्याम्पसमा कुर्सी टेबल

Facebook Comments