• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रहरीले तोड्यो आंशिक प्राध्यापकको ताला




आंशिक प्राध्यापक संघले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा लगाएको ताला प्रहरीले तोडेको छ ।

लामो समयदेखि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुले सोमवार प्रशासनिक भवनमा ताला लगाएका थिए । सोही समयमा पुगेको प्रहरीले ताला हटाएको थियो ।

आइतवार आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल र नेम प्लेट जलाउनुका साथै विद्युतीय हाजीरी मेशिन फूटाएका थिए । सोमवार पनि कुनै अप्रिय घटना नहोस् भनेर सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले आन्दोलनरत आंशिक प्राध्यापकमाथि बल प्रयोग गर्ने तयारी गरे पनि क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालय स्वायत्त निकाय भएकाले क्याम्पसमा आउने समस्या त्रिविले नै समाधान गर्ने बताएपछि प्रहरी फर्केका थिए ।

क्याम्पसभित्र प्रहरी प्रवेश गरेको भन्दै आंशिक प्राध्यापकहरुले भने बिरोध गरेका छन् ।

Facebook Comments