• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिल्ला सभाको निर्णयपछि तातियो दाङः कृष्णसेन मार्ग कार्यान्वायनमा अझ सहज




कहिलेकाही जानी नजानी गरिएका कुनै निर्णय फरकढंगबाट भए पनि अर्थपूर्ण रहन्छन् । अहिले दाङको जिल्लासभाले गरेको एउटा निर्णय त्यस्तै देखिएको छ ।

जिल्लासभाले दाङको घोराही–लमही–कोइलाबास सडकलाई रतननाथ मार्ग नामाकरण गर्न प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो ।

२०६८ पुस ५ गते मंगलवार बसेको मन्त्रिपरिषद् बैठकबाट लमही–घोराही–तुलसीपुर सडकलाई ‘सहिद कृष्णसेन मार्ग’ नामाकरण गरिसकेको थियो ।

यही मार्गअन्तर्गत पर्ने घोराही–लमही सडकसमेत पर्ने गरी जिल्लासभाबाट नयाँ प्रस्ताव अघि सारिएपछि बिहीवारदेखि यसको चौतर्फी बिरोध शुरु भएको थियो ।

शुक्रवार भने बिरोधको शैली फेरिएको छ । जिल्लासभाको निर्णयको बिरोधसँगै ‘सहिद कृष्णसेन मार्ग’ कार्यान्वायनको पनि पहल थालिएको छ । यसैबीच सत्तारुढ नेकपानिकट अनेरास्ववियू दाङले सो मार्ग प्रचलनमा ल्याउन र आम जनमानसले बुझ्ने गरी चर्चामा ल्याउन घोराहीको गुम्रा चौक र लमहीको अर्जुनखोलामा बोर्ड राखेको छ । तुलसीपुरमा पनि भोलि बोर्ड राख्ने सो संगठनका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले जानकारी दिनुभयो ।

यसैबीच संगठनका जिल्ला संयोजक जंग रोकाले विज्ञप्ति जारी गरी २४ घण्टाभित्र निर्णय सच्याउन जिल्ला समन्वय समितिसँग माग गर्नुभएको छ । सहिदरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतनत्रमानिर्वाचित जनप्रतिनिधिबाट सहिदकै नाम भेट्ने गरी प्रस्ताव आउनु अमान्य भन्दै विज्ञप्तिमा आफ्नो संगठनका संस्थापक अध्यक्ष सेन आफूहरुको आस्था र निष्ठाको प्रतिबिम्ब भएको उल्लेख छ ।
पत्रकारले पनि गरे बिरोध

त्यस्तै यो निर्णयको बिरोध गर्न दाङमा अग्रज पत्रकारहरुको भेला पनि भएको छ । भेलापछि महासंघ दाङका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र ओलीले विज्ञप्ति जारी गरी निर्णय तकाल सच्याउन माग गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ–

चौतर्फी बिरोधपछि जिल्ला समन्वय समितिका पदाधिकारी पनि निर्णय कसरी सच्याउन सकिन्छ भन्ने छलफलमा जुटेका छन् । संभवतः आजै निर्णय सच्याउने संभावना रहेको छ । २०६८ सालमा सेनमार्ग घोषणा गरिएपछि नेपाल पत्रकार महासंघ र तत्कालीन क्रान्तिकारी पत्रकार संघले कार्यान्वायका लागि बोर्ड स्थापना गरेका थिए । तर, आमरुपमा प्रचलनमा नआइरहेकाले पछिल्ला जिल्ला सभाको निर्णयपछि आएको तरङले यो निर्णय कार्यान्वायनमा सहजता आउने देखिएको छ ।

Facebook Comments