• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारीको छलफलः लकडाउन अवधिको शुल्क नलिन आग्रह




अखिल (क्रान्तिकारी) दाङ द्वारा आयोजित “कोरोना भाइरसका कारण बन्दाबन्दिले विद्यार्थी,अभिभावक र शैक्षिक क्षेत्रमा पारेको असर “भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम भब्य एवम् सानदार रूपमा सम्पन्न भएको छ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल के सी द्वारा संचालित कार्यक्रमको प्रमुख आतिथ्यता अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य एवम् संगठनका राप्ती क्षेत्रीय समन्वय समिति संयोजक दिपक बिष्टको रहेको थियो ,यस्तै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रीतिमा चौधरी ,अनेरास्ववियू दाङ जिल्ला संयोजक जंग रोका,नेविसंघ दाङ जिल्ला कार्यवाहक सभापति टोपबहादुर बुढाथोकी ,नेपाल शिक्षक महासंघ दाङ जिल्ला अध्यक्ष अमर बहादुर खड्का ,निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) दाङ जिल्ला सचीव खगेश्वर पौडेल ,राष्ट्रिय निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) ५ नं प्रदेश सदस्य नरेश आचार्य ,अखिल (क्रान्तिकारी) दाङ जिल्ला सचीव खुमन,अखिल (क्रान्तिकारी) दाङ जिल्ला सहसचिव सरद , जेम्स स्कुलका प्रीन्सिपल बिष्णु दाहाल लगाएतको आतिथ्यता रहेको थियो।


बन्दाबन्दी को समयमा शैक्षिक संस्थाहरु संचालन नभएकाले कुनै पनि बहानामा शैक्षिक शुल्क नल्याउन प्याब्सन र एनप्याब्सनलाई बक्ताहरुले विशेष अनुरोध गर्नुभयो ।


निजि शैक्षिक संस्थाहरु धरासायी बन्दै गएको,राज्यले कुनै चासो नदिएको ,आफुहरु अफ्ट्यारो परिस्थितिमा रहेको प्याब्सन र एन प्याब्सन का प्रतिनिधिको भनाइ रह्यो । बाकि शैक्षिक सत्र सुरु गर्ने अर्थात संस्था संन्चालन गर्ने बिषयमा देशै भरी कोरोना भाइरस महामारी को स्थिति हेरेर मात्र भदौ १ गते बाट भर्ना लिने र कक्षा संचालन गर्ने बिषयमा सबैको एकमत रह्यो ।


Facebook Comments