• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हाप्किडो संघको महासचिवमा रोल्पाका सुवर्ण




नेपाल मार्शल आर्ट्स हाप्किडो संघको महासचिवमा रोल्पाका सुवर्ण बिसी मनोनित भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका राङ्सी निवासी सुवर्णलाई कार्यसमितिको बैठकले केन्द्रीय महासचिवमा मनोनित गरेको संघले जनाएको छ ।

यसअघिका महासचिव पदबाट बाहिरिएपछि सुवर्णलाई उक्त पदमा मनोनित गरिएको संघका अध्यक्ष कालीबहादुर घर्तीले जानकारी दिए । लामो समयदेखि संघको संस्थागत विकासमा क्रियाशील रहेका सुवर्णको कार्यक्षमताका आधारमा महासचिव बनाइएको संघले जनाएको छ ।

यस्तै संघले प्रमुख प्रशिक्षकका रुपमा सुस्मिता गुरुङ, सहायक प्रमुख प्रशिक्षकहरूमा भूवन बुढामगर, कृष्ण श्रेष्ठ र प्रवीण गुरुङलाई नियुक्त गरेको छ । आफूलाई व्यस्थित र परिस्कृत गर्दै लगेको हाप्किडो संघले प्रतियोगिता, सेमिनार, तालिम तथा अभिमुखीकरण जस्ता कृयाकलाप गर्दै आएको छ । सातवटै प्रदेशका साथै ४८ जिल्लामा शाखा विस्तार गरेको संघले अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक तथा जिल्लास्तरमा समेत प्रतियोगिता तथा सभाहरु गरिसकेको संघका अध्यक्ष घर्ती बताउँछन् ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघले आगामी २०२२ अगस्त २६, २७ र २८ मा काठमाडौंमा ‘हाप्किडो वल्र्ड च्याम्पियनशिप २०२२ तथा वल्र्ड क्लास हाप्किडो सेमिनार २०२२’ गर्ने तयारी गरिरहेको बताइएको छ ।

Facebook Comments