• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जब पूर्वसभामुख महराले ४० बर्षअघि रेडक्रसकर्मी भएको सम्झे…





पूर्वसभामुख कृष्णबहादुर महरा राजनीतिज्ञ मात्र होइन पूर्वशिक्षक पनि हो भन्ने धेरैलाई थाहा छ । त्यसैले उहाँलाई आज पनि धेरैले ‘महरा सर’ भनेर बोलाउँछन् ।


उहाँ पूर्वशिक्षक मात्र होइन, पूर्वरेडक्रसकर्मी पनि भएको आज दाङमा भएको एक कार्यक्रममा खुलाउनुभयो । नेपाल रेड्क्रस सोसाइटी नारायणपुर उपशाखाको नबनिर्मित भबन उद्घाटन गर्दै उहाँले आफू ४० बर्षअघि रेडक्रसकर्मी रहेर सेवा गरेको खुलाउनुभयो ।


उहाँले युद्धकालमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)सँग नजिक रहेर काम गरेको र रेडक्रसप्रति सँधै सकारात्मक भएको बताउनुभयो । रेडक्रसको काम मानवीय सेवा भएको उल्लेख गर्दै उहाँले राजनीति पनि सामाजिक सेवाकै लागि गरिने बताउनुभयो । तर पछिल्लो समय राजनीति धमिलो हुँदै गएकाले सबै मिलेर सफा गर्नुपर्ने आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।


प्रदेश नं. ५ का प्रदेशसभा सदस्य अमर डाँगी नारायणपुर उपशाखाका सभापति मीनराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य अमर डाँगी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायणप्रसाद आचार्य, घोराही उपमहानगर पालिका वडा न. ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, वडा न.९का अध्यक्ष मानबहादुर बस्नेत र वडा न. ११ का अध्यक्ष कुलबहादुर लामिछानेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए ।

Facebook Comments