• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओलीले स्थगित गरेको बैठकमा प्रचण्डको अध्यक्षता, ओलीको कदमविरुद्ध प्रस्ताव पारित





नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ ।

यसअघिको स्थायी समिति बैठकले मिति तोकेर बोलाएको स्थायी समिति बैठक अर्का अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीयरुपमा स्थगित गरेको भन्दै प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यहरुले बैठक गरेका हुन् । ४४ सदस्यीय स्थायी समिति सदस्यहरुमा २९ जनाको उपस्थिति रहेको थियो दुइ पदेन सदस्य सल्लाहकार परिषद् र अनुशासन आयोगका प्रमुख सहभागी हुनुहुन्थ्यो ।

बैठक शुरु हुनुअघि अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल अध्यक्ष ओलीलाई बैठकको अध्यक्षताका लागि अनुरोध गर्न जानुभएको थियो । ओलीले आफैले स्थगित गरेको बैठकको अध्यक्षतामा आफूले नगर्ने र पार्टी बैठक स्थगित भइसकेकाले समूहको भेला गर्न सुझाव दिनुभएको थियो । नेताद्वय फर्केपछि बहुमत स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो ।

बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको छ ।

यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकबारे जानकारी दिंदै प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

Facebook Comments