• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एक विपन्न दम्पत्तिको कथाः सम्पत्तिमा यही खिया लागेको तावा मात्र !





रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ११ काफलबोटका ६९ वर्षिय पदम सिं रोकाको दम्पती साँझ विहान खाने खाना नपाएर मृत्यु कुरिरहेको अवस्थामा भैटिएका छन् ।

छानो चुहिने र भित्ताहरु फुटेर दरार परेको सानो गोठमा रहदै आएका वृद्ध पदमसिं रोकाका दम्पतीको न साँझ विहान खाने अन्न छ न त पकाउने भाडा वर्तन नै¸ मागेर गुजरा चलाउदै आएका रोका दिन वित्दै जाँदा माग्न पनी नसक्ने अवस्थामा पुगेका छन् ।


वृद्ध पदम सिंको दम्पती यस्तो अवस्थामा पुगेको थाहा पाएपछी सोही वडा निबासी सिर्जना ओली उनको घरमा पुगेर सबै यथार्त सहितको भिडियो बनाई सहयोगको लागि सामाजिक संजलालमा राखेपछी विभिन्न ठाउँबाट सहयोग आउन थालेको छ ।


वृद्ध रोकाको सहयोगको लागि अमेरिकामा रहेका रुकुमेली युवाहरुले पदमसिङ रोकाको लागि गास बास र कपास अभियान संचालन गरि रहेका छन् उक्त अभियानमा हाल सम्म करिब २ लाख रकम सहयोग उठेको सहयोग अभियान संचालक मनराज देवकोटाले जानकारी दिनुभएको छ ।

उक्त रकमबाट रोका दम्पतीलाई गास बास र कपासको व्यवस्था गरिदिने देवकोटाले बताउनु भयो ।


त्यस्तै देशभित्रबाट पनि सहयोग उठिरहेको छ । विभिन्न व्यक्तीहरुले पठाएको रकमबाट तत्कालको लागि केहि दैनिक उपभोग्य सामाग्री र भाँडाकुडा खरिद गरि दम्पतीलाई हस्तान्तण गरिको छ ।

Facebook Comments