घोराही उपमहानगरपालिका वडा नम्बर १८ बाँसखोलीमा जनप्रतिनिधि, स्थानीय र प्रहरीले गाँजा नष्ट गरेका छन् ।
स्थानीयको बारी र शौचालय आसपासमा आफै उम्रेको गाँजा उनीहरुले नष्ट गरेका हुन् ।

वडाध्यक्ष भरतमणि अर्याललगायत जनप्रतिनिधिको उपस्थिति र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक महेन्द्र सेनको नेतृत्वमा गाँजा फडानी गरिएको हो ।
समुदायलाई दुब्र्यसीनबाट मुक्त गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीयको सहयोग र सहभागितामा गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
कार्यक्रममा अस्थायी प्रहरी पोष्ट अम्बिकेश्वरीका प्रहरीको पनि सहभागिता रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
