• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्गानिक खेतीका लागि जाली र पाइप हस्तान्तरण





घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने रामपुरको बुका गाउँका किसानलाई अर्गानिक खेतीका लागि जाली र पाइप हस्तान्तरण गरिएको छ ।


पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालले १२ थान टनेल जाली र थोपा सिंचाइका लागि पाइप हस्तान्तरण गरेको हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपिको जिइएफ\एसजिपीको केही सहयोगमा संस्थाले यो ठाउँमा अर्गानिक खेतीका लागि सहयोग गर्दै आएको छ ।


यसअघि २५ वटा जाली र पाइप हस्तान्तरण गरिएका केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो । अहिले यो ठाउँमा १६ घर किसानले अर्गानिक तरकारी खेती गरिरहेका छन् । अन्य बाली लगाइसकेकाले बाँकी किसानले अब तरकारी खेतीको तयारी गरेको रावतले जानकारी दिनुभयो ।


यूएनडीपीको जैबिक विविधता संरक्षण एवं नमूना अर्गानिक कृषि कार्यक्रमअन्तर्गत रामपुर बुका, तुलसीपुर १८ र पर्यावरणीय सूचना केन्द्र स्थापनालगायतका क्षेत्रमा काम भइरहेको छ ।

Facebook Comments