सल्यानमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित दार्मा गाउँपालिका वडा न ४ का २२ वर्षीय एक पुरुष रहेका छन् । शुक्रबार थपिएका एक जनासँगै सल्यानमा संक्रमितको संख्या २ सय ३३ पुगेको छ ।
स्वास्थ्य कार्यालय सल्यानका अनुसार शारदा नगरपालिकाका ४, बागचौर नगरपालिकाका ११, बनगाड कुपिण्डे नगरपालिकाका १ सय ५५, कुमाख गाउँपालिका का ३०,सिद्ध कुमाख गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै छत्रेश्वरी गाउँपालिकाका १, त्रिवेणी गाउँपालिकाका ८, कपुरकोट गाउँपालिकाका २, कालिकाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १५ र जिल्ला अस्पताल सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित मध्ये हालसम्म २०८ जना निको भएर घर फर्किएका छन्
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।