घोराही उपमहानगरपालिका-१७ चौघेराका कुमार रेग्मी मृगौलामा समस्या देखिएपछि उपचारका लागि भारत गए।
रेग्मीले उपचारमा भएको पैसा पनि सिध्याए, मृगौलाले काम गर्न छोडीसकेको रिपोर्ट आएपछि उनि आफ्नै जिल्लामा थप उपचारका लागि फर्के।
घर आँगनमै डायलशिस गराउने सोँच राखेका रेग्मीलाई उपचारका लागि भने चटारो पर्यो।
डायलशिस गराउन रेग्मी गौतम बुद्ध मुटु अस्पताल बुटवलद्धारा लमहीमा संचालित डायलशिस सेण्टरमा पुगे।उनी भारतबाट आएका कारण पिसिआर नेगेटिभ भएको रिपोर्ट ल्याउनु पर्ने सेण्टरले बतायो उनी नजिकै घर आँगनमै रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पुगे तर उनको त्यहाँ पनि स्वाव परिक्षण हुन सकेन कारण थियो भारतबाट आएको विरामी भनेर।
घरमै भिटिएम किट मगाएर स्वाव निकाली नेपालगंज भेरी अस्पतालमा परिक्षण गराउँदा रेग्मीको रिपोर्ट नेगेटिभ आएको दाङ जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले बताए।
‘एक जना विरामीले उपचार पाउन यतिधेरै चक्कर लगाउनु पर्ने।’ भुषालले भने, ‘स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँच कहिले हुने?’
दुईवटै मृगौला फेल त्यसमाथि आर्थिक पिडित, विरामीको पिसिआर जाँच गर्न सात हजार खर्च गरेर स्वाव नेपालगंज पठाउनु पर्ने बाध्यता भएको प्रति भुसालले चिन्ता व्यक्त गरे।
‘कस्तो प्रकारको निर्देशिका हो स्वास्थ्य मन्त्रालयको? प्रश्न गर्दै अध्यक्ष भुसालले भने,’मन्त्रालयको अव्यवहारिक नीतीकै कारण नजिकैको अस्पताल दुःखमा काम लागेन।’
उता प्रतिष्ठानले भने भारतबाट आएका विरामीहरुको सिधै स्वाव परिक्षण गर्न नसकिने बताएको छ
।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।