लक्ष्मीपुर युवा क्लबको आयोजना तथा स्यालापानी सामुदायिक वन उपभोक्ता समूहकोसमन्वयमा घोराही ४ लक्ष्मीपुरको स्यालापानी वन परिसरमा बृक्षारोपण गरिएको छ ।
सो वनमा करीब दुइसय दालचिनीका बिरुवा रोपिएको क्लबका अध्यक्ष पञ्कज आचार्यले जानकारी दिनुभयो ।
बृक्षारोपणको उद्घाटन प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा न ४ का अध्यक्ष भीमबहादुर सार्की र बिशिष्ट अतिथि स्यालापानी साबउसका अध्यक्ष नारायण पन्थीले बिरुवा रोपेर गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय, क्लबका सदस्य आदिकोसहभागिता रहेको थियो । क्लबका सहसविच खेमराज भण्डारीले धन्यवाद दिनुभएको थियो भने कार्यक्रम सहजीकरण सचिब श्रीधर भण्डारीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।