• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार खड्का सम्मानित




रेडियो सानीभेरीका समाचार प्रमुख मनिष खड्का सम्मानित हुनुभएको छ । सातौं नगर सभाको अवसरमा रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले विकास निर्माण, योजना तर्जुमा, गतिविधि, सेवा प्रवाह, गतिविधि, सेवा प्रवाह, सुशासन तथा सामाजिक सचेतना प्रवर्द्घनमा पत्रकारीताको माध्यमद्धारा प्रचार प्रसार, प्रकाशन तथा प्रसारणमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।


नगरपालिकाले उहाँलाई ५ हजार पुरस्कार सहित सम्मान पत्र प्रदान गरेको छ । खड्का नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको सदस्य समेत रहनुभएको छ भने जिल्लाबाट नयाँ पत्रिका राष्ट्रिय दैनिक र राष्ट्रिय समाचार पत्रमा रिपोर्टिङ गर्दै आउनुभएको छ । 


नगरपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी, कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने संघ संस्था तथा व्यक्ति, पत्रकार तथा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार मार्फत कृषकलाई समेत सम्मान र पुरस्कृत गरेको छ

Facebook Comments