रुकुमपूर्वमा हावाहुरीले क्षति पुर्याएको पीडित दुई घर परिवारलाई राहत प्रदान गरिएको छ ।
पीडितलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुमपूर्व घरमै गएर राहत दिएको हो ।
सिस्ने गाउँपालिका वडा न ३ पाङाका गम्भीरी खत्री र सुनिता खत्रीको पविारलाई राहत प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सयोजक लोकेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
पीडित परिवारलाई ७÷७ हजार बराबरको सामग्री सहयोग गरेको उहाले बताउनुभयो । उनीहरुरुलाई कम्बल, त्रिपाल, प्लास्टिकको बाल्टी, एकएक थान, कटौरा, थाली ३÷३ वटा थाली , डाडु पन्यो र ५/५ मिटर पाइन्ट सर्ट सिलाउने कपडा लगाएतका सामाग्री सहयोग गरेको गरिएको छ ।
लकडाउनको कारण राहत दिन केही ढिलाई भएको सयोजक बुढाथोकीले बताउनुभयो । पीडित परिवारले समस्यामा परेको समयमा सहयोग गरेको भन्दै रेडक्रस जिल्ला शाखालाई धन्यवाद दिएका छन् । जेठ १५ गते दुबै घरमा हावाहुरीले क्षति पुर्याएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
