• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा संसदले बनायो बगैचा




नमुना युवा संसदद्वारा सिद्ध पृथ्वी जनता उच्च माबि श्रीगाउ दाङमा ६० हजार बराबरको बगैंचा तयार गरिएको छ ।


नमूना युवा संसद दंगीशरणका राष्ट्रपति चक्र मिलन बिस्वोकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बिमला ओली प्रमुख अतिथि हुनुहुन्थ्यो । बिशिष्ठ अतिथि गाउँपालिका अध्यक्ष भागिराम चौधरीले युवा संसद परिवारलाइ राम्रो कार्य गरेको भन्दै धन्यवाद दिनुभयो ।


विद्यालयका प्रअ हर्कबहादुर बुढाथोकीले अफ्नो बिधालयले बगैचा संरक्षन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । प्रतिपक्ष दलका नेता अंकित आचार्यको स्वागत मन्तव्यबाट शुर भएको कार्यक्रमको सहजीकरण प्रधानमन्त्री प्रबिन योगीले गर्नुभएको थियोे ।

युवा संसद बनाउने प्रदेशको पहिलो गाउँपालिका दंगीशरण हो । त्यसमा दिवंगत प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको देन भएकाले कार्यक्रममा उहाँको सम्झना गरिएको थियो ।

Facebook Comments