• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रयोगशालाले कोरोना परीक्षणको शुल्क लिन मिल्दैनः मुख्यमन्त्री





प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षणको कुनै पनि प्रयोगशालाले कोरोना परीक्षणको शुल्क लिन नमिल्ने बताउनुभएको छ ।


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले स्थानीय तहलाई कोरोना परीक्षणको शुल्क बुझाउन अल्टिमेटम दिंदै शुल्क नपाएकोमा स्वाब फिर्ता गरिरहेको बेला मुख्यमन्त्रीको यस्तो धारणा आएको हो ।

‘कोभिड १९ को परिक्षण निशुल्क छ । सबै प्रयोगशालाका लागि लाग्ने खर्चको व्यवस्थापन प्रदेश र केन्द्र सरकारको तर्फवाट भइरहेको छ । कुनै पनि प्रयोगशालालले नीति र मापदण्ड विपरित व्यक्ति वा स्थानिय तहवाट शुल्कको मागगर्नु र शुल्क नवुझाएको भनेर परिक्षणका लागि नमुना फिर्तागर्नु गलत हो’– उहाँले सामाजिक सञ्जालबाट धारणा सार्वजनिक गर्दै भन्नुभएको छ ।


प्रयोगशालाको परिक्षण खर्च उपलव्ध नभएको भए प्रदेश वा केन्द्र सरकारसँग विवरण खोलेर माग गर्न सकिने उल्लेख गर्दै उहाँले यस विषयमा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान ध्यान नपुगेको भए अविलम्व ध्यान जानु जरुरी छ रहेको र अनुमतिविना कोभिड १९ को सशुल्क परिक्षण गर्न नमिल्ने स्पष्ट गर्नुभएको छ ।

Facebook Comments