• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाले लियो वडा अध्यक्ष आक्रमणको जिम्मा





दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि भएको आक्रमणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

सो पार्टीका गाउँपालिका सेक्रेटरी कमल सिंहका नामबाट जारी गरिएको विज्ञप्तिमा विभिन्न आरोप लगाउँदै डाँगीमाथि कारवाही गरिएको उल्लेख छ ।

वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार भएको थियो । मंगलबार बिहान साढे ११ बजे एक समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । डाँगीको टाउको र हातमा चोट लागेको छ।

१० जना जति समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको गाउँपालिका अध्यक्ष डाँगीले जानकारी दिनुभयो । राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा डाँगीको उपचार भइरहेको छ । डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।

Facebook Comments