• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
परिवार नियोजन घोराहीका स्वास्थ्यकर्मीलाई कोरोना, चार दिन सेवा बन्द





नेपाल परिवार नियोजन संघ घोराहीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि चार दिनका लागि सेवा बन्द गरिएको छ ।

झण्डै दुइ साता घरमा बसेर आइतवारदेखि मात्रै काममा आएकी एक स्टाफ नर्सलाई कोरोना देखिएपछि अन्य स्वास्थ्यकर्मीको पनि कोरोना जाँच गर्नुपर्ने भएकाले असार १६ देखि १९ गतेसम्म सेवा बन्द गरिएको संघका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो ।

सेवाग्राहीलाई पिपिइसहित नै सेवा दिएकाले संक्रमणको संभावना नभए पनि स्टाफबीच संक्रमणको संभावना हुने भएकाले सबै स्वास्थ्यकर्मीको कोरोना जाँच गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।


दाङमा कूल ५६२ जनामा संक्रमण देखिएको छ भने १७ जना स्वास्थ्यकर्मी मात्रै छन् । तीन चिकित्सकसहित १७ स्वास्थ्यकर्मी अहिलेसम्म संक्रमित भइसकेका छन् । सोमवार मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो ।

Facebook Comments