• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वमन्त्री शर्माद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण




प्रतिनिधिसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माले स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । स्वास्थ्य मन्त्रालयसंग सम्मन्वय गरी दाङ ल्याईएका स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई हस्तान्तरण गर्नु भएको हो ।

कोरोनाको माहामारीबाट जोगिन जिल्लाका दशवटै पालिकामा वितरण गर्नेगरी स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । प्रजिअ रिजाललाई थर्माेमिटर गन १५ थान, एन.९५ मास्क १ सय थान, ,स्थानिटाईजर ४० बोत्तल, गाउन १ सय ७० थान, सर्जिकल मास्क ५ हजार थान र पञ्जा ५ सय थान प्रदान गर्नु भएको थियो ।

स्वास्थ्य सामाग्री प्रदान गर्दे पूर्व मन्त्री शर्माले कोरोनाको उच्च जोखिक रहेका क्षेत्रमा ती सामान प्रदान गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । शर्माले दाङमा कोरोना जोखिम उच्च रहेकोले सबैलाई सचेत बन्न आग्रह गर्नुभयो ।

जिल्ला स्थित विभिन्न क्वारेन्टिहरुमा बसेका केहीको स्वाव परिक्षणको रिर्पाेट अझै नआएको बताउँदै अब केही दिन नआत्तिन आग्रह गर्नुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा पिसिआर मेसिन जडान भएकाले अब कोरोना परिक्षणको दायरा पनि बढ्ने मन्त्रीको भनाई छ ।

Facebook Comments