• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना संकटकै बीच रुकुममा युवा संघको एकता, कुन पालिकामा कसले पाए नेतृत्व ?




सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल रुकुमले स्थानीय तहसम्म एकता प्रक्रिया टुंग्याएको छ । युवा संघ जिल्ला कार्यालयको बैठकले एकता टुंग्याएको हो ।


संयोजक जनकुमार विश्वकर्मा र सहसंयोजक हरिबोल भारतीले विज्ञप्तिमार्फत एकता प्रक्रिया टुंग्याएको जानकारी दिनुभएको छ । केन्द्रीय सदस्य शैलेशकुमार शर्मा, जीतबहादुर हमाल ‘कुमार’ र लक्ष्मण ओलीको उपस्थितिमा बसेको बैठकले एकता प्रक्रिया टुंग्याएको हो ।

को कसले पाए पालिकामा नेतृत्व ?


बैठकले जिल्ला समितिलाई ६१ सदस्यीय बनाएको छ । त्यस्तै छ वटै पालिकाको नेतृत्व पनि टुंग्याएको छ । जसअनुसार मुसीकोट नगरपाालिकामा संयोजक डम्बर थापा रहनुभएको छ भने सहसंयोजक तोक्न बाँकी छ । चौरजहारी नगरपाकिलामा गंगाराम रोका जोन संयोजक र रामबहादुर बिष्ट सहसंयोजक तोकिनुभएको छ ।

यस्तो छ जिल्ला समिति


त्यस्तै आठबीसकोट नगरपालिकामा ध्रुब केसी संयोजक र नरेश पुन सहसंयोजक, त्रिवेणीमा जितमान खड्का संयोजक र चुडामणि बस्नेत सहसंयाजक, सानीभेरीमा गोविन्द बिसी संयोजक र खोमहादुर ओली सहसंयोजक तथा बाँफीकोटमा सौरभ केसी बासु संयोजक र नवीन खत्री सहसंयोजक तोकिनुभएको छ ।

Facebook Comments