• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकासले गति लिंदा स्थानीय उत्साहित




लकडाउनको समयमा धेरै बवकासका कामहरु भइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकामा पर्ने बिजौरी–भोजपुर सडक कालोपत्रेको काम तीब्र गतिमा भइरहेको छ ।


घर आँगनमा कालोपत्रे सडक पुगेपछि स्थानीय उत्साहित भएका छन् ।

कालोपत्रे सडकको कारण सवारी साधन चलाउन सहज हुँदै गएपछि स्थानीय खुशी भएका छन् । पहिले यात्रामा धेरै समय लाग्ने र खाल्डाखुल्डीका कारण निकै समस्या हुने गरेको थियो ।


त्यस्तै सिंचाइबाट डीप बोरिङ खनिएको छ । पानीका टंक पनि पुननिर्माण भइरहेका छन् । घरघरमा पानी पुराउने हेतुले पाइपलाइनहरुको बिस्तार पनि तीब्र गतिमा भइरहेको स्थानीयवासीको भनाइ छ ।

विकासका काम शुरु भएको खुशी व्यक्त गर्दै स्थानीयले निरन्तरता दिन माग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका १६ का विभिन्न वस्तीमा अहिले विकास निर्माणका काम भइरहेका छन् ।

Facebook Comments