• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हुकाम र तकमा स्याउ पकेट क्षेत्र बन्दैः हुकाममा पाँच हजार विरुवा लगाइयो





रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका‐ ५ र १० मा स्याउ पकेट क्षेत्र बनाइदै छ । चालु आर्थिक वर्षमा सांसद विकास कोषको ४५ लाख बजेटमा ५ को हुकाम र १० को तकमा स्याउ पकेट कार्यक्रम मार्फत काम गरिएको हो ।


५ को हुकाम नगढुङ क्षेत्रमा स्याउ पकेट क्षेत्र बनाइको छ । नगढुङ कृषि सहकारी संस्था मार्फत स्याउ पकेट क्षेत्रको काम गरिरहेको छ । सहकारी मार्फत चालु वर्षको २५ लाख बजेटले ५ हजार स्याउका विरुवा रोपिएको वडाध्यक्ष कालिप्रसाद रोकाले बताउनुभयो । हुकामको नगढुङ भन्ने ठाउँमा लगभग १० हेक्टर जमिनमा स्याउ पकेट क्षेत्र गरिन थालिएको छ ।

यो वर्ष स्याउका विरुवा रोप्नुका साथै चारै तिर घेराबार र सिंचाइको लागि पानी लिइ ४ हजार लिटर क्षमताको ट्याङ्की निर्माण काम भइरहेको वडाध्यक्ष रोकाले जानकारी दिनुभयो ।


यसैगरी १० को तक स्याउ पकेट क्षेत्रमा अहिले १५ हजार स्याउँका बोट छ भने आगामी ५ वर्षमा ५० हजार स्याउँका बोट पुर्याउने योजना रहेको वडाध्यक्ष ज्योतिमान गुरुङले बताउनुभयो । गाउँपालिकाले लगानी गरेर एक आर्थिक वर्षमा १० हजार स्याउका विरुवा लगाउने र पाँच वर्षमा ५० हजार स्याउका विरुवा लगाउने योजना रहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।


यो वर्ष तकको लागि २० लाख बजेटले पाँच हजार स्याउका विरुवा रोप्नका लागि खाड्ल खन्ने, चारैतर्फ घेराबार गर्ने भनिएकोमा काम हाल सम्म नभएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी मल्ल (शाही)ले बताउनुभयो । शाहीका अनुसार अनुगमन गर्दा गर्ने भनिएको काम कुनै पनि हाल सम्म सम्पन्न नभएको पाइएको छ ।


स्याउ पकेट क्षेत्र काम सहकारीले नै लगाउने लगायत रेखदेख तथा हेरचाह गर्ने छ । स्याउ जग्गा धनीकै जमिनमै लगाइरहेकोले पछि आम्दानी भएको २० प्रतिशत जग्गा धनीलाई दिने भनिएको छ ।

हाल उक्त ठाउँमा जग्गा धनीले स्याउ उत्पादन गरिराखेकोमा यातायत र बजार नभएकाले स्याउ बिक्रीमा समस्या व्यहोरी रहेका छन् । अब भने सहकारी संस्थाले नै स्याउ उत्पादन गर्ने छ र बजार व्यवस्थापन पनि गर्ने छ ।

Facebook Comments